Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपालमाथि रोमान्चक जितसँगै युएईलाई त्रिदेशीय टि-२०आई सिरिजको उपाधि
नेपालमाथि रोमान्चक जितसँगै युएईलाई त्रिदेशीय टि-२०आई सिरिजको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, कात्तिक १०, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । फाइनल खेलमा नेपालमाथि रोमान्चक जितसँगै युएईले त्रिदेशीय टि-२०आई सिरिजको उपाधि जितेको छ । शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।

घरेलु टोली नेपालले जितको लागि दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । युएईलाई जितको लागि अन्तिम दुई बलमा दुई रन चाहिँएको थियो ।  बासिल हमिदले १ बल अगावै स्टेटमा छक्का हान्दै युएईलाई रोमान्चक जित दिलाएका थिए ।

बसिल हमिद २२ रनमा र आयान अफजल खान पाँच रनमा नटआउट रहेका थिए । त्यसअघि, कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । ओपनर आयांश शर्माले २५ रन र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।

यूएईका लागि ओपनर मुहमद वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । एलिशान शराफु १३ रनमा र आसिफ खान ७ रनमा आउट भएका थिए । नेपालका लागि गुल्सन झा र अविनाश बोहराले समान २/२ विकेट तथा कुशल मल्लले १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । भुर्तेलको यो टि-२० आई करिअरको छैटौं अर्धशतक हो ।

नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । यूएईका स्पिनर आयन खानले आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए । आयनले नै कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरेका थिए ।

कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भएका थिए । सन्दीप जोरा १० रनमा क्याच आउट भएका थिए ।

सोमपाल कामी १३ रनमा र गुल्सन झा ५ रनमा आउट भएका थिए । करन केसीले १७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहेका थिए ।

युएईका लागि आयन खानले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालले त्रिदेशीय टि-२० आई सिरिजमा लिगका चारै खेल जितेको थियो । नेपालले सिरिजको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो भने सिरिजको दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै, नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो भने लिग चरणको अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।

अव सोमबार देखी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको खेल सुरु हुनेछ । समूह 'ए' मा नेपाल, ओमान, सिंगापुर र मलेसिया रहेका छन् । समूह 'बी' मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । एसिया क्षेत्र छनोटको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १५:०९
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
डिएभीलाई आरआरए क्रिकेटको उपाधि
डिएभीलाई आरआरए क्रिकेटको उपाधि शुक्रबार, साउन ३१, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि शनिबार, साउन २५, २०८२
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक मंगलबार, साउन ७, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि शुक्रबार, साउन ३, २०८२
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
क्रिकेटर जोय नगदसहित सम्मानित
क्रिकेटर जोय नगदसहित सम्मानित सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
एसियन कप: पहिलो खेलमा नेपाल पराजित
एसियन कप: पहिलो खेलमा नेपाल पराजित खेलकुद मञ्‍च
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता खेलकुद मञ्‍च
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन खेलकुद मञ्‍च
भेट्रान फुटबल भदौ अन्तिम साता
भेट्रान फुटबल भदौ अन्तिम साता खेलकुद मञ्‍च
इन्डो-नेपाल कराते शुक्रबारदेखि
इन्डो-नेपाल कराते शुक्रबारदेखि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
लुम्बिनी लाभाज भलिबल टिमलाई होन्डाको साथ
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
बास्केटबलमा ज्ञानोदय र टीआईए विजयी
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
एम्बाप्पे र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
इन्डो-नेपाल कराते शुक्रबारदेखि
इन्डो-नेपाल कराते शुक्रबारदेखि बिहीबार, भदौ १९, २०८२
भेट्रान फुटबल भदौ अन्तिम साता
भेट्रान फुटबल भदौ अन्तिम साता बिहीबार, भदौ १९, २०८२
राखेपलाई बुझाइयो प्रतिवेदन
राखेपलाई बुझाइयो प्रतिवेदन बिहीबार, भदौ १९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्