Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • हङकङमाथि शानदार जितसँगै नेपाल फाइनलमा
हङकङमाथि शानदार जितसँगै नेपाल फाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, कात्तिक ४, २०८०
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । नेपाल त्रिदेशीय टी-२० आई क्रिकेट सिरिजमा लगातार तेस्रो जितसँगै फाइनलमा प्रवेश गरेको छ । शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । यस जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोड्दै फाइनल पुगेको छ ।

नेपालले सिरिजको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने सिरिजको दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । तेस्रो जितसँगै आयोजक नेपाल शीर्षस्थानमा रहेर फाइनल पुग्दा अन्य टोलीले भने सिरिजमा अंक जोडेका छैनन् ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङमा २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । ब्याटिङ जस्तै बलिङमा समेत नेपालले उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट  गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले इनिङको दोस्रो बलमै ओपनर मार्टिन कोट्जीलाई शून्यमा बोल्ड आउट गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । स्पिनर ललित राजवंशीले तेस्रो ओभरमा कप्तान निजाकत खानलाई २ रनमा क्याच आउट गराएका थिए ।

हङकङका लागि अंशुमान रथले ४२ बलको सामना गर्दै सर्वाधिक ४५ रन बनाएका थिए । तीव्र गतिका बलर सोमपाल कामीले आठौं ओभरको अन्तिम बलमा बाबर हायातलाई १५ बलमा ३ चौकासहित २० रनमा पेभेलियन फर्काएका थिए । अजिज खानले २४ बलको सामना गर्दै २५ रन बनाएका थिए ।

त्यसपछि, हङकङले लगातार विकेट गुमाएपछि लक्ष्यसम्म पुग्न सकेन । नेपालका लागि सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशीले समान २/२ विकेट लिएका थिए । दीपेन्द्रसिंह ऐरी र टी-२० आईमा डेब्यु गरेका प्रतिश जि.सीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । औसत सुरुवात पाएको नेपालले पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले १ सय ४५ रनको विश्व कीर्तिमानी साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।

टी-२० आई क्रिकेटमा पाँचौ विकेटका लागि भएको यो नै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि यो विश्व कीर्तिमान न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निशमको नाममा रहेको थियो । न्युजिल्यान्डका मार्क र जेम्सले पाकिस्तानविरुद्ध १ सय २१ रनको नटआउट साझेदारी गरेका थिए ।

कुशल मल्लले टी-२० आई क्रिकेटमा आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ४१ बलमा ९ छक्का ३ चौकासहित ९२ रनको आक्रामक इनिङ खेलेका थिए । दीपेन्द्रसिंह ऐरीले टी-२० आई क्रिकेटमा आफ्नो करिअरको सातौं अर्धशतक जोड्ने क्रममा ३३ बलमा ६ चौका र २ छक्कासहित ५७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई २ रनमा गुमाएको थियो । पाँचौ ओभरको पहिलो बलमा सोमपाल कामी ठूलो सट खेल्ने धुनमा १२ बलमा ८ रन जोडेर क्याच आउट भएका थिए । ओपनर आसिफ शेख पनि छैटौं ओभरको अन्तिम बलमा १३ बलको सामना गर्दै ४ चौकासहित २० रन जोडेर आउट भएका थिए ।

कप्तान रोहितकुमार पौडेल १६ बलको सामना गर्दै ११ रन जोडेर नवौं ओभरको पहिलो बलमा बोल्ड आउट भएपछि क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका थिए । हङकङका लागि मोहमद घजन्फ़र र हरुन अर्षदले समान २/२ विकेट लिएका थिए । आयुष शुक्ला र एजाज खानले समान १/१ विकेट लिएका थिए ।

टी-२० आई विश्वकप छनोटको तयारी स्वरुप नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा आयोजक नेपाल सहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल (अक्टोबर २७) कात्तिक १० गते शुक्रबार दिउँसो ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

त्रिदेशीय सिरिजको नेपालको खेल तालिका र समय :

कार्तिक ६ गते (अक्टोबर २३) : नेपालविरुद्ध युएई, मुलपानी - दिउँसो ११ बजे

त्रिदेशीय सिरिजको लागि नेपालको टोली :

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।


प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:५१
#NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित बुधबार, असार १८, २०८२
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु मंगलबार, असार १७, २०८२
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि आइतबार, असार १५, २०८२
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक मंगलबार, असार १०, २०८२
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
खेलकुद मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण मंगलबार, असार १०, २०८२
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित आइतबार, वैशाख १४, २०८२
ताजा समाचार
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन खेलकुद मञ्‍च
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त खेलकुद मञ्‍च
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित खेलकुद मञ्‍च
ग्रयाण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा शिवाली गुरुङ
ग्रयाण्ड स्ल्याम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा शिवाली गुरुङ खेलकुद मञ्‍च
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु
नेपालमा पहिलोपल्ट हुनलागेको फ्रेन्चाइज इन्डोर प्रिमियर लिग भदौ २३ देखि सुरु खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
राजविराज रोयल्सलाई महिला क्रिकेट लिगको उपाधि
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन
तेक्वान्दोमा आयोजक काभ्रेस्थली टिम च्याम्पियन
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन
नेपाल ओलम्पियन्स एसोसिएसनमा नयाँ नेतृत्व चयन
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
दाङको अल्फा तेक्वान्दो डोजाङलाई उपाधि
आयोजक एलएनए सेमिफाइनलमा
आयोजक एलएनए सेमिफाइनलमा
मनास्लु र वारियर्सलाई उपाधि
मनास्लु र वारियर्सलाई उपाधि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित बुधबार, असार १८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्