Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Alishan Furniture World Alishan Furniture World
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • एसियन गेम्समा मंगोलियामाथि नेपालको टि-२० इतिहासकै विश्व कीर्तिमानी जित
एसियन गेम्समा मंगोलियामाथि नेपालको टि-२० इतिहासकै विश्व कीर्तिमानी जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, असोज १०, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत टि-२० आई पुरुष क्रिकेटमा मंगोलियामाथि २ सय ७३ रनको विश्व कीर्तिमानी जित हात पारेको छ । नेपालले जितको लागि दिएको ३ सय १५ रनको विशाल कीर्तिमानी विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अलआउट भयो ।

नेपालको यो टि-२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१९ मा चेकरिपब्लिकनले टर्कीविरुद्ध २ सय ५७ रनको कीर्तिमानी जित हात पारेको थियो । त्यस्तै, क्यानडाले सन् २०२१ मा पानामामाथि २ सय ८ रनको फराकिलो जित हात पारेको थियो ।

मंगोलियाका लागि दावासुरेनले २३ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाएका थिए । मंगोलियाका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मंगोलियाका ५ ब्याटर शुन्य रनमा आउट भएका थिए भने तीन ब्याटरले मात्र समान १/१ रन जोड्न सकेका थिए ।

मंगोलियालाई सस्तैमा समेट्न नेपालका तीव्र गतिका बलर करन केसी, अभिनाश बोहरा, सन्दीप लामिछानेले समान २/२ विकेट लिएका थिए । तीव्र गतिका बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, चीनको हांग्जाउमा टस हारेर सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर कीर्तिमानी विशाल ३ सय १४ रन बनाएको थियो । नेपालले टि-२० आई इतिहासमा पहिलो पटक ३१४ रनको उच्च योगफल बनाएको हो ।

कुशल मल्लले विश्व कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी अर्धशतक प्रहार गर्दा नेपालले टि-२० आईमा कीर्तिमानी स्कोर बनाएको हो । नेपालका लागि कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित सर्वाधिक १ सय ३७ रनमा नटआउट रहेका थिए ।

कुशल मल्लले ३४ बलमै शतक प्रहार गरेका थिए । कुशल टि-२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । यसअघि टि-२० आईमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक बनाएका थिए ।

नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए । विष्फोटक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरी १० बलमा ८ छक्कासहित ५२ रनमा क्रिजमा नटआउट रहे । दीपेन्द्रले ९ बलमै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् ।

कप्तान राहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भएका थिए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो कुनैपनि खेलमा नेपाली ब्याटरले गरेको उच्च साझेदारी हो ।

नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा र आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट भएका थिए । मंगोलियाका लागि इरडेनबुलगन, जमेनसुरेन र अल्टनखुयागले समान १/१ विकेट लिएका थिए ।

नेपाल प्रतियोगिताको समूह 'ए' मा रहेको छ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको छ । आइसिसी टि-२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेको कारण माल्दिभ्सले दोस्रो रोजाईको टोली पठाएको हो ।

नेपालको क्वाटरफाइनल औपचारिकता मात्रै बाँकी देखिन्छ । नेपालले क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्य एक टोलीसँग खेल्नुपर्ने हुन्छ । एसियाडमा क्रिकेटलाई नेपालले पदकको दाबेदार टोलीको रुपमा हेरिएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ११:१२
#Asian Games
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक मंगलबार, साउन ७, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि शुक्रबार, साउन ३, २०८२
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
क्रिकेटर जोय नगदसहित सम्मानित
क्रिकेटर जोय नगदसहित सम्मानित सोमबार, असार ३०, २०८२
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई   सोमबार, असार २३, २०८२
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित
महिला टी-२० क्रिकेट: कास्की र नवलपुरको जित बुधबार, असार १८, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने
अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि नेपाली टोली थाइल्यान्ड जाने खेलकुद मञ्‍च
टेनिसका मनोनित सदस्यको स्वागत
टेनिसका मनोनित सदस्यको स्वागत खेलकुद मञ्‍च
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन
भारोत्तोलनको नेतृत्वमा कानन चौधरी निर्विरोध चयन खेलकुद मञ्‍च
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु
टोखा प्याब्सनको अन्तरविद्यालय फुटसल सुरु खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट
विश्व टिम टेबलटेनिसका लागि भारतको दुबै टोली छनोट खेलकुद मञ्‍च
Notice
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आठौं रिएले कप साउन २४ गतेदेखि
आठौं रिएले कप साउन २४ गतेदेखि बिहीबार, साउन १६, २०८२
एथलेटिक्समा शाह निर्विरोध
एथलेटिक्समा शाह निर्विरोध बिहीबार, साउन १६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्