Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो नेपाल
भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै समूह चरणबाटै बाहिरियो नेपाल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, भदौ १८, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । एसिसी एसिया कपअन्तर्गत नेपाल डकवर्थ लेविस (डीएलएस) पद्धतिको आधरमा भारतसँग पराजित भएको छ । श्रीलंकाको पालेकले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार सम्पन्न खेलमा नेपाल क्रिकेटमा महारथ प्राप्त मुलुक भारतसँग १० विकेटले पराजित भएको हो ।

जितसँगै भारतले दुई खेलमा तीन अंक जोडेर समूह ‘ए’ बाट सुपर चारमा स्थान बनायो भने यता नेपाल भारतसँग प्रतिस्पर्धात्मक हार व्यहोर्दै अंकविहिन बनेर एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको पराजित भएको थियो ।

श्रीलंकाको पालेकले रंगशालामा भारी वर्षा भएपछि करिव २ घण्टा रोकिएको खेलमा डीएलएस मेडथका आधारमा २३ ओभरमा झारिएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य २० ओभरमा १ बलमा बिना विकेट लक्ष्य पूरा गरेको हो ।

भारतका लागि कप्तान रोहित शर्माले ५९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी शुभमन गिलले ६२ बलमा ८ चौका र १ छक्कासहित ६७ रन बनाएका थिए । नेपालका कुनै पनि बलरले यी दुई ओपनरबीचको १४५ रनको अविजित साझेदारी तोड्न सकेनन् ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको अर्धशतकिय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १०औँ अर्धशतक थियो ।

कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको राम्रो ब्याटिङमा नेपालले भारतलाई उक्त रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो । नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

तिब्र गतिका बलर शार्दुल ठाकुरको बलमा कुशल एज लाग्दै आउट हुन पुगे । त्यसपछि नेपालले राम्रो साझेदारी गर्न सकेन । त्यसअघि नेपाली ओपनरले तीन जीवनदान पाएका थिए । कुशल भुर्तेललाई दोस्रो ओभरमै श्रेयस ऐरले फस्ट स्लिपमा एक र ईशान किशनले ७ रनमा छाडेका थिए ।

त्यस्तै आसिफ शेखलाई एक रनमा विराट कोहलीले एक्स्ट्रा कभरमा क्याच छाड्दै जीवनदान दिएका थिए । तीन जीवनदान पछि नेपाली ओपनरले आक्रामक ब्याटिङ थालेका थिए । कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे । स्पिनर रविन्द्र जडेजाको बलमा भीम सार्की इनसाइड एज लाग्दै ७ रनमा बोल्ड आउट हुन पुगेका थिए ।

स्पिनर रविन्द्र जडेजाको बलमा कप्तान रोहित पौडेल एज लागेर कप्तान रोहित शर्माबाट क्याच आउट हुन पुगे । जडेजाको बलमा कुशल मल्ल ठूलो सट खेल्ने धुनमा मिडअफमा २ रनमा क्याच आउट भएका थिए । कुशल मल्ल आउट हुँदा नेपाल १०१–४ को अवस्थामा थियो । गुलशन झा शिराजको बलमा २३ रनमा कट बिहाइन्ड हुन पुगे । गुलशनले ३५ बलमा ३ चौका प्रहार गरेका थिए ।

सातौं विकेटका लागि ३१.५ ओभरमा १४४–६ को अवस्थामा पुगेको नेपाललाई सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै २ सय रन पार गराएका थिए । दीपेन्द्र २५ बलमा ३ चौकासहित २९ रनमा हार्दिक पान्ड्याको बलमा एलबीडब्लू आउट भएका थिए । सोमपाल कामीले ५६ बल खेल्दै १ चौका र २ छक्कासहित ४८ रनको योगदान गरे । सन्दीप लामिछाने ९ रनमा रन आउट भए । करण केसी २ रनमा नटआउट रहेका थिए ।

भारतका लागि रविन्द्र जडेजाले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका थिए । मोहम्मद शिराजले ९.२ ओभरमा १ मेडनसहित ६१ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्याले समान १/१ विकेट लिएका थिए ।

वर्षाले प्रभावित खेल भारतले जित्यो, मन चाहिँ नेपालले

एसिया कप क्रिकेटमा नेपालले बलियो टोली भारतसँग खेल्दा रिजल्ट अनुमान योग्य थियो । महारथ प्राप्त विश्व च्याम्पियन भइसकेको, एकदिवसीय क्रिकेटमा हजार ३४ खेल खेलेको मुलुक भारतलाई नेपालले हराउने अपेक्षा थिएन ।

खासगरी मोहम्मद शामी, मोहम्मद सिराज र हार्दिक पाण्डे लगायतका विश्व स्तरका भारतीय बलरहरुलाई नयाँ ब्याट्सम्यानहरुले जसरी सामना गरे, त्यो तारिफ योग्य थियो । खेलाडीलाई प्रोत्साहन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीलंकामा पुगेका थिए ।

नेपाली खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गर्ने सवालमा नेपालका राजनीतिक दल र तिनका शीर्ष नेता अनुदार छन् । सोही शिलशिलामा संसदको चौथो ठुलो राष्ट्रिय दल रास्वपाका अध्यक्ष श्रीलंका पुगेर खेलाडीलाई हौसला बढाएका थिए ।

सिमित स्रोत साधन र लगानीका बाबजुत एसिया कप खेलिरहेको नेपाल र विश्व क्रिकेटमा उदाउँदै गरेको नेपाली टिमको प्रर्दशनलाई विश्वभरबाट प्रशंसा भैरहेको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले भारतीय ओपनरद्वयको तारिफ गरेका थिए ।

भिजेको फिल्डले पनि असर गरेको खेलमा बलरहरुले पनि राम्रो गरेको रोहितले सुनाए । उनले नेपालको तल्लो अर्डरले पनि पछिल्लो समय राम्रो गरेको भन्दै ‘मध्यक्रममा केही राम्रो गर्न सकिन्थ्यो । हामीलाई ३०/४० रन कम भयो । यदि त्यसो गर्न सकेको भए २६०/२७० रन हुन्थ्यो । रोहितले भने’


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २३:५६
#Asia Cup Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
युएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर
गोल्डस्टार सुदूरपश्चिम रोयल्सको फुटवेयर पार्टनर शुक्रबार, भदौ २६, २०८३
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित शनिबार, वैशाख १२, २०८३
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी
युएईविरुद्ध नेपालको ८ विकेटको सहज जित, सिरिज बराबरी मंगलबार, वैशाख ८, २०८३
नेपाल युएईसँग ६ विकेटले पराजित
नेपाल युएईसँग ६ विकेटले पराजित सोमबार, वैशाख ७, २०८३
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
Navodit College Navodit College
ताजा समाचार
जोन डेवी कपमा पाँच टिम च्याम्पियन
जोन डेवी कपमा पाँच टिम च्याम्पियन खेलकुद मञ्‍च
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक खेलकुद मञ्‍च
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि खेलकुद मञ्‍च
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण खेलकुद मञ्‍च
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
एसियाली खेलकुद : महिला कबड्डीमा नेपालको विजयी सुरुवात
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
गोल्डेन पिक, विच किड्स र ज्ञान निकेतनलाई उपाधि
माफ बास्केटबलमा ४४ टोली
माफ बास्केटबलमा ४४ टोली
चन्द्रागिरी टिम च्याम्पियन
चन्द्रागिरी टिम च्याम्पियन
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
संस्कृति, निस्ट र डाफोडिललाई आईडब्लुएस कप
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
तेन्जिङले दिए उत्साह, २० औं एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण
मोहमद र केनिशलाई अन्तर्राष्ट्रिय युथ तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण सोमबार, असोज १२, २०८३
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि
धिरेनलाई वडा अध्यक्ष कप चेसको उपाधि सोमबार, असोज १२, २०८३
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक
नेपाली करातेलाई जापानमा २ स्वर्णसहित ६ पदक सोमबार, असोज १२, २०८३
Photo Gallery
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्