काठमाडौं । नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट रंगशालामा आज सोमबार भारतका कप्तान रोहित शर्माले टस जितेर नेपाललाई पहिले ब्याटिङका लागि बोलाएको छन् ।
नेपालले पछिल्लोपटक पाकिस्तानसँग खेलेको टीममा एक परिवर्तन गरेको छ । पाकिस्तानविरुद्धको खेलमा टिममा रहेका आरिफ शेखको स्थानमा भीम सार्कीले मौका पाएका छन् । यस्तै भारतले पनि पाकिस्तानसँग खेलेको टीममा एक परिवर्तन गरेको छ । भारतले जसप्रित बुमराहको स्थानमा मोहम्मद सामीलाई खेलाउने छ ।
सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपालले भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो । समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ । यस समूहबाट तीन अंक सहित पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेको छ ।
नेपालको प्लेइङ ११:
आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
भारतको प्लेइङ ११:
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।