Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपाल टेस्ट टोली आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित
नेपाल टेस्ट टोली आयरल्यान्डसँग अन्तिम ओभरमा पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार १९, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । नेपाल टेस्ट टोली आयरल्यान्डसँग आईसीसी विश्वकप छनोटको सातौँ स्थानको खेलमा अन्तिम ओभरमा पराजित भएको छ । जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा मंगलबार भएको खेलमा आयरल्यान्डले नेपाललाई दुई विकेटले हराएको हो ।

हरासँगै नेपालले १० टोली सहभागी प्रतियोगितामा आठौं हुँदै विश्वकप छनोटको यात्रा समाप्त गरेको छ । नेपालले जितको लागि दिएको २ सय ६९ रनको विजयी लक्ष्य आयरल्यान्डले निर्धारित ओभर सकिनुभन्दा ४ बल अगाडि पूरा गरेको थियो ।

टेष्ट राष्ट्र आयरल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा ५ रन चाहिँएको थियो । ग्यारेथी डेलानीले पहिलो बलमा एक रन लिए । ब्यारी म्याकार्थीले आफूले सामना गरेको दोस्रो बलमै थर्डमा विजयी चौका प्रहार गरेका थिए । डेलानी १६ रनमा र म्याकार्थी ४ रनमा अविजित रहे ।

आयरल्यान्डको जितमा कुर्टिस क्यामफेर र ह्यारी टेक्टरले अर्धशतकीय ईनिङ खेलेका थिए । ह्यारी टेक्टरले ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनको योगदान दिए । त्यस्तै कुर्टिस म्याम्फर ५९ बलमा ८ चौका र १ छक्कासहित ६२ रनमा आउट भएका थिए ।

स्पिनर सन्दीप लामिछानेको १५ औं ओभरको तेस्रो बलमा ह्यारी टेक्टरको क्याच किशोर महतोले लङअनमा ब्यक्तिगत २१ रनमा छाड्न पुगेका थिए । त्यो छाड्न पुगेको क्याच नेपाललाई भारी पर्यो । जर्ज डकरेलले ४७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमै प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि नेपालले राम्रो सुरुवात गरेको थियो ।

ओपनर पल स्टरलिङलाई गुलशन झाले १२ औं ओभरको अन्तिम बलमा १५ रनमै बोल्ड आउट गरे । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरेका थिए ।  लुर्केन टुकेरले २२ बलमा २ चौका र १ छक्कासहित २४ रनमा आउट भएका थिए ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले १० ओभरमा १ मेडनसहित ५८ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५५ रन खर्चेर २ विकेट लिएका थिए । स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । गुलशन झाले १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो । नेपालका लागि युवा अलराउन्डर गुलसन झाले ४२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

स्पिनर सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भएका थिए । आठौं विकेटका सन्दीप र गुलशनले ८० रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । नेपालबाट ओडिआईमा आठौं विकेटका लागि भएको यो सबैभन्दा उच्च साझेदारी हो ।

ओपनर अर्जुन साउदले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाएका थिए । कप्तान रोहित पौडेल ३५ बलमा २ चौका र १ छक्कासहित २९ रनमा कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भएका थिए ।

बायाँ हाते विष्फोटक ब्याटर कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रन बनाए । क्रेग योंगको बलमा ओपनर कुशल भुर्तेल ८ रनमै समातिन पुगेका थिए । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमै आउट भएका थिए । भीम सार्की २० रनमा, करण केसी ४ रनमा र दीपेन्द्रसिंह ऐरी डक आउट भएका थिए ।

आयरल्यान्डका लागि तीव्र गतिका बलर क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान १/१ विकेट लिएका थिए ।

नेपाल विश्वकप छनोटको समूह ‘ए’ बाट ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले, वेस्ट इन्डिजसँग १ सय १ रनले र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको थियो ।


प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २१:१४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध 
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध  शनिबार, भदौ २१, २०८२
डिएभीलाई आरआरए क्रिकेटको उपाधि
डिएभीलाई आरआरए क्रिकेटको उपाधि शुक्रबार, साउन ३१, २०८२
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि बिहीबार, साउन ३०, २०८२
आरआरए क्रिकेट सोमबारदेखि
आरआरए क्रिकेट सोमबारदेखि शनिबार, साउन २५, २०८२
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक मंगलबार, साउन ७, २०८२
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि शुक्रबार, साउन ३, २०८२
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता बिहीबार, साउन २, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्