Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपालको विश्वकप खेल्ने सपना अधुरै
नेपालको विश्वकप खेल्ने सपना अधुरै नेदरल्यान्ड्ससँग पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरियो
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, असार ९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सँग पराजय ब्यहोरेसँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको छ । जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदानमा शनिबार नेदरल्यान्ड्ससँग जित्नै पर्ने खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।

नेपाल चार मध्य तीन खेलमा हार एकमा जितका साथ समूह चरणबाटै बाहिरिएको हो । विश्वकप छनोट प्रतियोगिताको समूह चरणबाट बाहिरिने नेपाल तेस्रो राष्ट्र बनेको छ । यस अघि नेपालसँगै समूह ‘ए’ मा रहेको अमेरिका तथा समूह ‘बी’ मा रहेको युएई प्रतियोगिताबाट बाहिरीसकेका छन् ।

नेपालले जितको लागि दिएको १ सय ६८ रनको मध्यम लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ९० रनको शानदार अर्धशतकीय ईनिङ खेलेका थिए ।

नेदरल्यान्ड्सँलाई जितको लागि १० रन चाहिँदा गुलशन झाले २७ औं ओभरको पहिलो बलमा म्याक्स ओडाउडलाई बोल्ड आउट गरेपछि ओडिआई करिअरको पहिलो शतक बनाउने अवसर गुमाएका थिए । बास डि लिडे ३९ बलमा ६ चौकासहित ४१ रनमा नट आउट रहेका थिए ।

म्याक्स ओडाउडले अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको शानदार साझेदारी गरेका थिए । भारतीय मुलका विक्रमजित सिंह ४३ बलमा ३ चौका र १ छक्कासहित ३० रनमा सन्दीप लामिछानेको बलमा आउट भएका थिए ।

सन्दीप लामिछानेको बलमा वेस्ली ब्यारी ३ रनमा दीपेन्द्रसिंह ऐरीबाट आउट भए । नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । गुलशन झाले ६ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रनमा अल आउट भएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ५५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।

सुपर सिक्स पुग्न जित्नैपर्ने समूह चरणको अन्तिम खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन । सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाए ।

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन तथा गुलशन झाले ३१ बलमा १५ रन बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले १४ रन तथा कुशल मल्लले १२ रन बनाएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलरको शर्ट र बाउन्सर बलको सामना गर्न नसक्दा नेपाल सस्तैमा अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका लागि तीव्र गतिका बलर लोगन भान बीकले ९.३ ओभरमा १ मेडनसहित २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिएका थिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिएका थिए ।

नेपाल समूह ‘ए’ बाट ४ खेलमा तीन खेलमा हार एकमा जितसहित चौथो स्थानमा रहेर बाहिरियो । समूह ‘ए’ बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अव ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ । नेपालले प्लेअफमा समूह ‘बी’ को पुछारको टोलीसँग खेल्नेछ ।

नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो भने बिहीबार भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको थियो ।

समूह ‘ए’ बाट नेपाल र अमेरिका तीन हारको साथ बाहिरिएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । दश राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।


प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:१७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि शनिबार, फागुन १६, २०८२
एलआरआई च्याम्पियन
एलआरआई च्याम्पियन शुक्रबार, फागुन १५, २०८२
जेम्स र विश्वज्ञान सेमिफाइनलमा
जेम्स र विश्वज्ञान सेमिफाइनलमा शुक्रबार, फागुन १५, २०८२
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा
अक्षरा र ग्यालेक्सी सेमिफाइनलमा बिहीबार, फागुन १४, २०८२
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन
मातृभूमि यु–१४ क्रिकेटको उद्घाटन बुधबार, फागुन १३, २०८२
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित मंगलबार, फागुन ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित
एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित खेलकुद मञ्‍च
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत खेलकुद मञ्‍च
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित खेलकुद मञ्‍च
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन आइतबार, चैत ८, २०८२
दिक्षा, महेश र रनोजलाई उपाधि
दिक्षा, महेश र रनोजलाई उपाधि आइतबार, चैत ८, २०८२
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित
एचजेएनबीएलमा हाउण्ड्सको लगातार चौथो जित आइतबार, चैत ८, २०८२
Photo Gallery
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्