Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • नेपालमाथि वेस्ट इन्डिजको शानदार जित
नेपालमाथि वेस्ट इन्डिजको शानदार जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असार ७, २०८०
Chelsea World School Chelsea World School

काठमाडौं । कप्तान शाई होप र निकोलस पुरनको शतकमा आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालमाथि वेस्ट इन्डिजले शानदार जित निकालेको छ । जिम्बावेको हरारे स्पोर्टस् क्लब क्रिकेट मैदानमा बिहीबार भएको आफ्नो तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

चार पटकको विश्वविजेता वेस्ट इन्डिजले जितको लागि दिएको ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अल आउट भयो ।  नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रनको अर्धशतकीय ईनिङ खेलेर आउट भएका थिए ।

गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भएका थिए । सातौं विकेटका लागि आरिफ शेख र गुलसन झाले ९४ बलमा ६८ रनको महत्वपुर्ण साझेदारी गरेका थिए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।

कप्तान रोहितकुमार पौडेलले ४३ बलमा ३ चौकाको सहयोगमा ३० रनमा आउट भएका थिए । ओपनर आसिफ शेख ३६ बलमा ३ चौकासहित २८ रनमा आउट भए । करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी २० बलमा २ चौका र १ छक्कासहित २३ रनमा आउट भएका थिए ।

तीव्र गतिका बलर अल्जारी जोशेफको दोस्रो ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल पाँच रनमा बोल्ड आउट भएका थिए भने जेसन होल्डरको पाँचौं ओभरको दोस्रो बलमा भीम सार्की २ रनमा विकेटकिपर शाई होपबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल २ रनमा अकिल हुसैनको बलमा केसी कार्टीबाट क्याच आउट भएका थिए ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । अल्जारी जोशेफले १० ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । अकिल हुसैनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । किमो पलले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिएका थिए ।

त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान शाई होप र निकोलस पुरनले सानदार शतकीय ईनिङ खेलेका थिए । पुरनको ओडिआई करिअरमा दोस्रो र होपको १५ औं शतक हो ।

कप्तान तथा विकेटकिपर शाई होप १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १३२ रन बनाउँदै ललित नारायण राजवंशीको बलमा आउट भए । निकोलस पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित ११५ रन बनाउँदै दीपेन्द्रसिंह ऐरीको बलमा आउट भएका थिए ।

चौथो विकेटका लागि शाई होप र निकोलस पुरनले १७२ बलमा २१६ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए । सुरुआत राम्रो गरेको नेपालले पहिलो पावर प्लेमा चार पटकको विश्व विजेता वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो ।

नेपालले दोस्रो ओभरमै वेष्ट इण्डिजका ओपनर केल मायर्सलाई १ रनमा करण केसीको बलमा कुशल भुर्तेलबाट क्याच आउट गरेको थियो । पाँचौं ओभरको पहिलो बलमै वेष्ट इण्डिजका तेस्रो नम्बरका ब्याटर जोन्सन चाल्र्सलाई खाता खोल्नै नदिई गुल्सन झाले विकेटकिपर आसिफ शेखबाट कट बिहाइन्ड आउट गरेका थिए ।

तेस्रो विकेटका रुपमा ब्रेन्डन किंगलाई ४२ बलमा २ चौका र २ छक्कासहित ३२ रनमा सन्दीप लामिछानेले बोल्ड आउट गरेका थिए । पाँचौं विकेटका रुपमा ललित राजवंशीले रोभमन पावेललाई २९ रनमा गुल्सन झाबाट क्याच आउट गराएका थिए । इनिङ्सको अन्तिम बलमा ललितले कीमो पाउललाई १ रनमा बोल्ड गरे । जेसन होल्डर १० बलमा २ चौकासहित १६ रनमा अविजित रहेका थिए ।

नेपालका लागि स्पिनर ललित नारायण राजवंशीले १० ओभरमा ५२ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा ४५ रन खर्चेर १ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडनसहित ८१ रन खर्चेर १ विकेट लिए । गुलशन झाले ८ ओभरमा ६४ रन खर्चेर १ विकेट लिएका थिए ।

नेपाल यसअघि आइतबार भएको पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने मंगलबार भएको दोस्रो खेलमा अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।

दुई खेलमा अपराजित वेस्ट इन्डिज ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै २ अंक रहेको नेपाल चौथो स्थानमा झरेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालले शनिबार नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ भने सोमबारको खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित हुनुपर्नेछ ।

अमेरिका भने समूह ‘ए’ बाट लगातार तीन हारको साथ बाहिरिएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।


प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  २२:४०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित आइतबार, असोज २६, २०८२
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता शुक्रबार, असोज २४, २०८२
क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन
क्रिकेट खेलाडीका नाममा हुलाक टिकट प्रकाशन शुक्रबार, असोज २४, २०८२
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत बिहीबार, असोज २३, २०८२
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध 
सुदूरपश्चिम रोयल्सको दोस्रो संस्करणमा अष्ट्रेलियन खेलाडी लिन अनुबन्ध  शनिबार, भदौ २१, २०८२
Navodit College Navodit College
ताजा समाचार
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण
खेलाडीको शारीरिक तन्दुरुती परिक्षण खेलकुद मञ्‍च
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता खेलकुद मञ्‍च
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित खेलकुद मञ्‍च
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य खेलकुद मञ्‍च
थापाले विश्व आईटीएफमा खेल खेलाए
थापाले विश्व आईटीएफमा खेल खेलाए खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
आईसीसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुआत
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
एशियन कप छनोटमा नेपाल भियतनामसँग पराजित
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
केभिआर समिट च्यालेन्जसमा डेनियर र एनी पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता
नेपाल कबड्डी लिगको सिजन २ का लागि ५ सय १२ नेपाली खेलाडी दर्ता मंगलबार, असोज २८, २०८२
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य
टी-२० विश्वकप छनोट : नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य सोमबार, असोज २७, २०८२
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित
सन्दीपको उत्कृष्ट प्रदर्शनमा कतारमाथि नेपालको रोमाञ्चक जित मंगलबार, असोज २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्