Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • विश्वकप छनोटमा अमेरिकामाथि नेपालको शानदार जित
विश्वकप छनोटमा अमेरिकामाथि नेपालको शानदार जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, असार ५, २०८०
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकामाथि शानदार जित निकालेको छ । जिम्बावेको राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लब क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो ।

विश्वकप छनोट प्रतियोगितामा पहिलो जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ । अमेरिकाले जितको लागि दिएको २ सय ८ रनको विजयी लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको शानदार जितमा भीम सार्कीले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहेका थिए । दीपेन्द्रले सौरभ नेत्रवालकरलाई चौका हान्दै खेल सकाएका थिए ।

त्यसअघि, पहिलो विकेटका लागि ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले ३० बलमा २५ रनको साझेदारीका साथ राम्रो सुरुआत दिलाएका थिए । चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका आसिफ शेख १२ रन बनाउँदै पाँचौ ओभरको अन्तिम बलमा सौरभ नेत्रवालकरबाट एलबिडब्लु आउट भएका थिए ।

अर्का ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट हुन पुगेका थिए । कुशल भुर्तेल स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भएका थिए । दोस्रो विकेटका लागि भीम सार्की र कुशल भुर्तेलबीच ६८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी भएको थियो ।

कप्तान रोहितकुमार पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भएका थिए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भएका थिए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । मल्ल स्टिभ टेलरको बलमा लङअफमा जेसी सिंहबाट क्याच आउट भएका थिए ।

अमेरिकाका लागि सौरभ नेत्रवालकर, नोष्तुश केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एक/एक विकेट लिएका थिए । त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अल आउट भएको थियो ।

अमेरिकाका लागि सातौं नम्बरमा ब्याटिङ गरेका विकेटकिपर शायन जहांगिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको सानदार शतकीय इनिङ खेलेपनि टोलि जितको लागि पर्याप्त हुन सकेन । शायनको यो अन्तर्राष्ट्रिय करिअरको कुनैपनि खेलको पहिलो शतक हो ।

करण केसीको घातक बलिङसँगै १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई खेलमा फर्काउन शायनले सानदार शतक हानेका थिए । स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरेका थिए । स्वीप खेलेका मोदानी मिस भएपछि बोल्ड हुन पुगेका थिए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । वेस्टइन्डिजविरुद्ध शतक हानेका गजानन्द सिंह ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भएका थिए ।

गजानन्द स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगेका थिए । आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए । पाँचौ विकेटका लागि गजानन्द र सुशान्तले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए ।

तीव्र गतिका बलर करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए । गतवर्ष स्टिभ टेलरले नेपालविरुद्ध आफ्नो घरेलु मैदानमा १ सय १४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

त्यसको लगत्तै करणले अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्लालाई शून्यमा आउट गरे । साइतेजा आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए । करणले आठौं ओभरको पाँचौं बलमा अमेरिका कप्तान आरोन जोन्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराएका थिए ।

करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो । जेसी सिंह १२ रनमा र निसर्ग पटेल ८ रनमा आउट भएका थिए । अमेरिकाको शीर्ष चार ब्याटरलाई आउट गरेका करण केसी खेलको 'प्लेयर अफ दि म्याच' चुनिएका थिए ।

नेपालका लागि तीव्र गतिका बलर करण केसीले ९ ओभरमा ३ मेडनसहित ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २० रन खर्चेर १ विकेट लिएका थिए ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५८ रन खर्चिदा विकेट लिन सकेनन् । सन्दीप पहिलो पटक लगातार दोस्रो ओडिआई खेलमा विकेट विहीन बनेका हुन् । जितसँगै २ अंकका साथ नेपाल समूह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका भने चौथो स्थानमा झरेको छ ।

यसअघि आइतबार भएको खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । अब, नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ (जुन २२) मा खेल्नेछ भने समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग असार ९ (जुन २४) मा खेल्नेछ ।

जितसँगै सुपर सिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ । विश्वकप छनोटको समुह ‘ए’ मा नेपाल, आयोजक जिम्बावे, वेस्टइन्डिज, अमेरिका र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान रहेका छन् ।

दश टोली सहभागी यस प्रतियोगिताको शीर्ष दुई टोलीले आइसीसी विश्वकपमा स्थान बनाउने छन् । १३ राष्ट्र सहभागी विश्वकप सुपर लिगका शीर्ष आठ टोली आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।


प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:१९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित आइतबार, वैशाख १४, २०८२
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा मंगलबार, फागुन २७, २०८१
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान मंगलबार, फागुन १३, २०८१
बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि
बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि बिहीबार, फागुन ८, २०८१
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि सोमबार, फागुन ५, २०८१
एनएचसीको राष्ट्रिय फाइनलको उपाधि प्यारामाउन्टलाई
एनएचसीको राष्ट्रिय फाइनलको उपाधि प्यारामाउन्टलाई शनिबार, माघ २६, २०८१
केसीए यु-१४ क्रिकेटको उपाधि हिमालयनले जित्यो 
केसीए यु-१४ क्रिकेटको उपाधि हिमालयनले जित्यो  मंगलबार, माघ २२, २०८१
ताजा समाचार
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित खेलकुद मञ्‍च
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित खेलकुद मञ्‍च
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम खेलकुद मञ्‍च
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित आइतबार, वैशाख २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्