एजेन्सी – मेस्सीको जन्म सन् २४ जुन, १९८७ मा रोसारियो, अर्जेन्टिनामा जर्ज मेस्सी (एक कारखाना मजदुर) र सीलिया (उर्फ कुक्कीटिनी) (एक अंशकालिक क्लीनर) दम्पतिको घरमा भएको थियो। उनको पुर्खाको उद्गम इटालीको सहर एङ्कोनाबाट भयो, जहाँ बाट सन् १८८३ मा उनको पूर्वज, एञ्जलो मेस्सी अर्जेन्टिनामा प्रवेश गरेका थिए।
उनको रडरिगो तथा मेशियस नाम गरेका दुई दाजुहरूका साथै मारिया सोल नाम गरेकी एक बहिनी पनि छन्।मेस्सी पाँच बर्षको उमेर देखि आफ्ना बुवा जर्ज मेस्सीले प्रशिक्षण गरिरहेको एक स्थानीय क्लब ग्रैन्डोलीको लागि फुटबल खेल्न आरम्भ गरे। सन् १९९५ मा मेस्सी आफ्नो गृहनगर रोसारियोमा अवस्थित न्युवेल ओल्ड ब्वाइज क्लबको लागि खेल्न शुरू गरे।
११ वर्षको उमेरमा उनको प्रारम्भिक परीक्षणमा शारीरिक विकास हार्मोनको कमी पाइयो। प्राथमिक डिभिजन क्लब रिभर प्लेटले मेस्सीको उपचार प्रति चासो देखायो तर क्लबसँग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन किनभने उनको उपचारमा प्रति महिना ९०० अमेरिकी डलर लाग्थ्यो।
लेइडा, क्याटालोनियामा रहेका मेस्सीका एक जना आफन्तले बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको प्रतिभाको बारेमा बताए र मेस्सी र उनको बुवाको लागि परीक्षण दिने व्यवस्था मिलाए। उनको खेल परीक्षण गरे पछि बार्सिलोनाले उनलाई यदि उनी स्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च ब्यहोर्ने शर्तमा अनुबन्धन गर्यो। त्यस पछि मेस्सी सपरिवार युरोप स्थान्तरित भए र बार्सिलोनाक्लबको युवा टिममा खेल्न शुरू गरे।
लियोनेल मेस्सी अर्जेन्टिनाका फुटबल खेलाडी हुन, जो हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाका लागि खेल्छन्। मेस्सी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। मेस्सीले २१ वर्षको उमेरमा नै बेलोन डी' ओर र फिफा सर्वश्रेष्ठ वर्षको खेलाडीको उपाधि प्राप्त गरे।
उनको खेल शैली र क्षमताको कारणले गर्दा उनलाई फुटबलको बादशाह भनेर चिनिने म्याराडोनासँग तुलना हुन लाग्यो, जसले आफै मेस्सीलाई आफ्नो "उत्तराधिकारी" घोषित गरेका थिए। मेस्सीले कम उमेरमानै फुटबल खेल्न शुरू गरे र चाँडैनै बार्सिलोनाले उनको क्षमता पहिचान गर्यो।
उनले सन २००० मा रोसारियोमा अवस्थित न्युवेल्स ओल्ड ब्वाइज युवा टिम छोडेर आफ्नो परिवारसित युरोप आए, किनकि बार्सिलोनाले उनको विकास हार्मोनको कमीको लागि उपचार गरिदिने प्रस्ताव राखेको थियो। सन् २००४-०५ सिजनमा पहिलो पटक मैदानमा ओर्लेर उनले सबैभन्दा कम उमेरमा लिग खेल खेल्ने फुटबल खेलाडीको ला लिगा रेकर्ड तोडे र साथै सबैभन्दा कम उमेरमा लिग गोल स्कोर गर्ने खेलाडी बने।
मेस्सीको प्रथम आगमनमै उनले बार्सिलोनालाई ला लिगा जिताउन सफल भए र सन् २००६ मा पुन: सो लिग र युइएफए यूरोपियन च्याम्पियनशीप जिताएर चाँडै नै प्रमुख सम्मान प्राप्त गरे। सन् २००६-०७ उनको सफलताको सिजन थियो: एल क्लासिकोमा एक ह्याट्रिक र २६ लिग म्याचहरूमा १४ गोल गर्दै, उनले नियमित रूपले खेल जित्ने पहिलो समुहमा ठाँउ बनाए। सम्भवतः सन् २००८-०९ को सिजन उनको सबैभन्दा सफल सिजन थियो, जसमा मेस्सी ३८ गोल गर्दै लगातार तेस्रो विजय अभियानको अभिन्न अङ्ग बने।
मेस्सी, २००५ फिफा विश्व युवा च्याम्पियनसिपमा अन्तिम खेलमा २ गोल सहित जम्मा ६ गोल गरी शीर्ष स्कोर गर्न खेलाडी बने। त्यसको लगत्तै, उनी अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमको एक सदस्यको रूपमा स्थापित भए। सन् २००६ मा, उनी अर्जेन्टिनाबाट फिफा विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी बने र अर्को वर्ष उनले कोपा अमेरिका प्रतियोगितामा उप-विजेताको पदक जित्न सफल भए। सन् २००८ मा, उनले अर्जेन्टिना ओलम्पिक फुटबल टिमसँग बेइजिङमा भएको ओलम्पिक खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय सम्मान, ओलम्पिक स्वर्ण पदक जिते।