काठमाडौं । हङकङमा हुने एसीसी महिला इमर्जिङ टिम्स एशिया कपका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
नेपाली महिला टोलीले अहिलेसम्म कै ठुलो प्रतियोगितामा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छ । थाइल्याण्डले भिसाका कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उसको स्थानमा नेपालले अवसर पाएको हो । प्रतियोगिता १२ जुनदेखि २१ जुनसम्म हङकङमा हुनेछ ।
समूह ‘ए’ मा नेपाल, हङकङ, भारत र पाकिस्तानका ए टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली रहेका छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।
पाकिस्तानले युवा तीव्र गतिकी बलर फतिमा सानाको कप्तानीमा टोली घोषणा गरेको छ भने भारतले स्वेता सेहरावतको कप्तानीमा टोली घोषणा गरेको छ । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ भने फाइनल २१ जुनमा हुनेछ ।
नेपाली महिला टोली यसै सातौ मलेसियासँगको पाँच महिला टि-२० अन्तर्राष्ट्रिय खेलको सिरिज ३-२ ले जितेर स्वेदश फर्किएको छ । नेपालले उक्त सिरिज एकवर्षपछि पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा खेलेको नेपाली महिला टोलीको स्तर र प्रदर्शनमा भने ठूलो प्रश्न उठेको थियो ।
नेपाली महिला टोली :
रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे (विकेट किपर), कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी ।