काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबलटेनिस खेलको प्रतियोगिता भएको थियो ।
टेबलटेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । सो स्पर्धाको गर्ल्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका राई दोश्रो भए । ब्वाइज÷गर्ल्स टिम इभेन्टमा एभीएमले शीर्ष स्थान कब्जा गर्दै १५ हजार नगद पुरस्कार जित्यो ।
ब्वाइज फुटसलमा प्रिमियरले उपाधि जित्यो । सेक्रेट हार्ट स्कुल दोश्रो भयो । विजेताले ५५ हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे । मल्पी इन्टरनेसनल स्कुलका सार्थक थापा उत्कृष्ट खेलाडी, सेक्रेट हार्टका केन्द्रराज कुलुङ उत्कृष्ट गोलरक्षक र महेश दाहाल सार्वधिक गोलकर्ता बने । १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
ब्वाइज बास्केटबलमा टिम ऋितिक विजेता तथा टिम ग्रान्डी उपविजेता बने । विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार नगदबाट पुरस्कृत गरियो । टिम ऋितिकका सुशान्त कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, टेबलटेनिसका प्रमुख प्रशिक्षक सन्जिव ढुंगेल, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, स्वस्तिश्रीका ब्रान्ड एम्बासडर एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, स्वस्तिश्रीकी प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । खेलहरु सानो भर्याङस्थित आयोजकको हातामा भएको थियो ।
प्रबन्ध निर्देशक चित्रकारले एसइइ दिएका उपत्यकाका विभिन्न विद्यालयका क्षमतावान विद्यार्थी खेलाडीलाई एकै ठाउँमा प्रतिस्पर्धा गराइ उनीहरुको प्रतिभा पहिचान गर्ने उद्देश्यले कानिर्भल आयोजना गरेको बताइन् ।