काठमाडाैं, ३२ असार– विश्वकप २०१८ काे हिजाे राति नै अाैपचरिक रूपमा समापन भइसकेकाे छ । विश्वकप २०१८ काे उपाधि फ्रान्सले क्राेएसियालार्इ ४–२ ले पराजित गर्दै अाफ्नाे पाेल्टामा पार्न सफल भयाे ।
फुटबल एउटा टिम गेम हाे । यस खेलका हार तथा जीत दुबै नतिजामा टाेलिका ११ जनाकाे नै उत्तिकै भूमिका रहन्छ । तर यति हुँदा हुँदै पनि फुटबलमा महत्वपूर्ण व्यक्तिगत उपाधिहरू हुन्छन् । ती उपाधिहरूमा गाेल्डेन बुट , गाेल्डेन ग्लब तथा गाेल्डेन बल हुन् ।
विश्वकपका अघिल्ला संस्करणहरू जस्तै याे संस्करणमा पनि यस्ता उपाधिहरू प्रदान गरिए । जानाै कुन – कुन खेलाडी पाए त यी व्यक्तिगत उपाधिहरू ?
गाेल्डेन बलः
विश्वकप २०१८ काे गाेल्डेन बल क्राेएसियाका मिडफिल्डर लुका माेड्रिचले प्राप्त गरेका छन् । विश्वकपका समग्र खेलहरूकाे विश्लेषणका अाधारमा प्रदान गरिने याे व्यक्तिगत उपाधिमा माेड्रिचले नाम लेखाएका हुन् । इतिहासमै पहिलाे पटक विश्वकपकाे फाइनलमा पुगेकाे क्राेएसिया विश्वकप २०१८ मा दाेश्राे भयाे । क्राेएसियालार्इ विश्वकपकाे फाइनलमा पुर्याउन माेड्रिचले खेलेकाे भूमिकाकाे गर्दै उनलार्इ गाेल्डेन बल प्रदान गरिएकाे हाे । विश्वकप २०१४ मा भने गाेल्डेन बल अर्जेन्टिनाका लियाेनल मेसीले प्राप्त गरेका थिए । उनकाे टाेली अर्जेन्टिना पनि विश्वकप २०१४ काे फाइनलमा जर्मनीसँग पराजित भएकाे थियाे ।
गाेल्डेन बुटः
विश्वकप २०१८ काे गाेल्डेन बुटमा इंग्ल्याण्डका ह्यारी केनले नाम लेखाएका छन् । विश्वकपकाे प्रतियाेगिता भरी गरेकाे सर्वाधिक गाेलकाे अाधारमा प्रदान गरिने याे अवार्ड यसपालि ह्यारी केनले प्राप्त गरेका हुन् । उनले विश्वकप २०१८ मा जम्मा ६ गाेल गर्न सफल भए । याे भन्दा अगाडि अर्थात् २०१४ काे विश्वकपमा पनि ६ गाेल गर्दै काेलम्बियाका जेम्स राेद्रिग्वेजले गाेल्डेन बुट प्राप्त गरेका थिए ।
गाेल्डेन ग्लबः
गाेल्डेन ग्लब अर्थात् सुनकाे पञ्जा फुटबल प्रतियाेगिता भरि उत्कृष्ट खेल प्रदर्शन गर्ने गाेल रक्षकलार्इ प्रदान गर्ने गरिन्छ । यहि अाधारमा विश्वकप २०१८ काे गाेल्डेन ग्लब बेल्जियमका गाेल रक्षक थिवाउट काेर्टाेवासले प्राप्त गरेका छन् । उनले बेल्जिमलार्इ विश्वकप २०१८ काे सेमीफाइनल सम्म पुर्याउन महत्वपूर्ण खेल प्रस्तुत गरेका थिए । तर उनकाे टाेलि फ्रान्ससँग पराजित हुँदै विश्वकपकाे सेमीफाइनलबाट बाहिरिएकाे थियाे । २०१४ काे विश्वकपमा गाेल्डेन ग्लब जर्मनीका म्यानुयल नुयरले प्राप्त गरेका थिए ।
त्यसै गरी विश्वकप २०१८ काे उत्कृष्ट युवा खेलाडी भने फ्रान्सका केलियन एमबाप्पे घाेषित भए ।