काठमाडाैं, ३१ असार – रुसमा जारी फुटबलको महाकुम्भकाे अाज अन्तिम दिन हाे । अर्थात् विश्वकप २०१८ काे उपाधिकाे टुङ्गाे अाज लाग्दैछ ।
विश्वकपकाे उपाधि भिडन्तमा अाज फ्रान्स र क्राेएसिया अामने सामने हुँदैछन् । विश्वकप २०१८ काे अन्तिम खेल अाज ८ः४५मा रुसको लुजनिकी स्टेडियममा सुरु हुनेछ ।
समूह चरणमा अर्जेन्टिनालार्इ ३–० काे हार चखाएकाे क्राेएसियाले डेनमार्क रूस र इंग्ल्याण्डलार्इ हराउँदै फाइनकाे यात्रा तय गरेकाे थियाे । उताबाट फ्रान्सले अर्जेन्टिना , उरूग्वे र बेल्जियमलार्इ पराजित गर्दै फाइनलमा अाएकाे हाे ।
फ्रान्समा एन्टोइन् ग्रिजम्यान, किलिएन एम्बाप्पे, पउल पोग्बा, राफेल भराने, ओलिभर जिरुड, एन्गोलो कान्टे, स्यामुल उमटीटी जस्ता स्टार खेलाडीहरु समावेश छन्।
यसैगरी क्रोएसियामा विश्वका दुई स्टार मिडफिल्डर लुका मोड्रेच र इभान राकिटिक समावेश छन् । उनीहरुसँगै क्रोएसियामा भरपर्दा फरवार्ड मारियो मान्जुकिजपनि छन् ।
खेलाडीका हिसाबले फ्रान्स निकै बलियाे देखिन्छ । तर पनि क्राेएसियाकाे राम्राे तालमेल अाजकाे खेलमा फ्रान्सका लागि घातक बन्न् सक्छ ।
यदि अाज क्राेएसियाले विश्वकप उपाधि उचालेमा विश्वकपकाे उपाधि जित्ने राष्ट्रकाे संख्या ९ पुग्नेछ । तर फ्रान्सले नै उपाधि जितेमा फ्रान्स २ पटककाे विश्वविजेता हुनेछ । फ्रान्सले सन् १९९८ मा पहिलाे पटक विश्वकप जितेकाे थियाे ।
जुन टाेलीले विश्वकप जिते पनि अाज नयाँ इतिहास बन्ने निश्चित छ ।