एजेन्सी, २८ असार – विश्वकप २०१८ अाजकाे ३ दिनमा समापान हुँदैछ । याे विश्वकपले सन्सार भर नै धेरै तरङ्ग ल्यायाे । कति नयाँ रेकर्ड बने भने कतिपय पुराना रेकर्डहरूमा अरू कसैले नाम लेखाउन सफल भए ।
विश्वकप २०१८ जम्मा ४ जना खेलाडीहरूले राताे कार्डकाे सामना गर्दै मैदान छाेडे जानाैं काे हुन् ती ४ जना खेलाडीहरू
कार्लोस सान्चेज (कोलम्बिया)
दक्षिण अमेरिकी टोली कोलम्बियाका अनुभवी मिडफिल्डर हुन्, कार्लोस सान्चेज। कोलम्बियालाई रुसमा जारी २१औं विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलसम्म पुर्याउन ३२ वर्षीय सान्चेजको पनि महत्वपूर्ण योगदान थियो। उनी जारी विश्वकपमा गलत खेल खेलेका कारण रेफ्रीबाट सीधै रातो कार्ड पाउने पहिलो खेलाडी पनि बन्न पुगे । उनले समूह चरणकाे खेलमा राताे कार्ड खाए । जसकाे कारण काेलम्बिया जापानसँग पराजित भयाे ।
माइकल लाङ (स्विट्जरल्यान्ड)
मिचेल लाङ स्विट्जरल्यान्डका डिफेन्डर हुन् । जारी विश्वकपमा गलत खेल खेलेका कारण रेफ्रीबाट सीधै रातो कार्ड पाउने खेलाडीमध्ये एक उनी पनि हुन्। २७ वर्षीय अनुभवी डिफेन्डर लाङले स्विडेनविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा रातो कार्ड पाएका थिए। स्विट्जरल्यान्डलाई नकआउट चरणमा पुर्याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको थियो। तर, प्रिक्वार्टरफाइनल खेलमा भने उनी आफ्नै गलत हर्कतका कारण रातो कार्ड पाउन पुगे । क्त खेलमा १—० ले विजयी हुँदै स्विडेन क्वार्टरफाइनलमा पुगेको थियाे ।
जेराेमी बाेटेङ ( जर्मनी )
जर्मनीका डिफेन्डर विश्वकप २०१८ मा राताे कार्डकाे सामना गर्ने तेश्राे खेलाडी हुन् । उनले समूह चरणकाे दाेश्राे खेलमा स्वीडेन विरूद्ध राताे कार्डकाे सामना गरेका थिए । तर जर्मनीले यस खेल अाफ्नाे पक्षमा पारेकाे थियाे । विश्वकप २०१८ मा जर्मनीले विश्वकपमा एउटा मात्रै खेलमा जीत हात पार्याे । जर्मनी विश्वकप २०१८ मा समूह चरणबाटै बाहिरिएकाे थियाे ।
इगाेर स्माेल्निकाेभ ( रूस )
विश्वकपमा राताे कार्ड सामना गर्ने खेलाडीकाे सूचीमा रूसका खेलाडी इगाेर स्माेल्निकाेभकाे नाम पनि समावेश भएकाे छ । उनले विश्वकप २०१८ अन्तर्गत रूस र उरूग्वेकाे खेलमा खेल्ने गलत शैलीका कारण उनले राताे कार्ड पाएका थिए । यस खेल उरूग्वेले अाफ्नाे पक्षमा पारेकाे थियाे । तर रूस र उरूग्वे नै अन्तिम ८ मा पुग्न सफल भएका थिए ।