काठमाडाैं, २८ असार–विश्वकप २०१८ काे अब जम्मा २ वटा खेलहरू बाँकी छन् । समूह चरणा , प्री–क्वाटर फाइनल , क्वाटर फाइनलका सबै खेलहरू समापान भइसके भने हिजाेबाट सेमीफाइनल समीकरण पनि पूरा भएकाे छ । याे सँगै फाइनलमा खेल्ने दुबै टाेलीको टुङ्गाे पनि लागिसकेकाे छ ।
विश्वकप २०१८ काे फाइनलमा २ युराेपेली राष्ट्र क्राेएसिया र फ्रान्स भिड्ने भएका छन् । विश्वकपका अन्य संस्करण जस्तै जारी विश्वकपमा पनि ठूला टाेलीकाे नै उच्च प्रदर्शन रहने अाशा गरिएकाे थियाे । तर जब विश्वकप सुरू भयाे नतिजा अनपेक्षित अायाे । हरेक खेल सकिएसँगै समर्थकले अाफु फरक दुनिँयामा रहेकाे महसुश गर्न थाले ।
हुन त विश्वकपका छनाैट खेलमा अाएकाे अनपेक्षित नतिजालार्इ नियाल्दै यस पटक विश्वकपमा केहि नयाँ हलचल हुने अनुमान गरिएकाे थियाे । अन्ततः भयाे पनि त्यस्तै । विश्वकप फुटबलमा लामाे अनुभव सँगालेका इटालि , अमेरीका , चीलि र नेदरल्याण्डले विश्वकपकाे छनाैट चरण पार गर्न सकेनन् । सम्बन्धित राष्ट्रका हरेक खेलाडी तथा समर्थक अरू नै देशलार्इ समर्थन गर्न बाध्य भए ।
२०१४ काे विश्व विजेता जर्मनी सुरूवाती खेलमै मेक्सिकाेसँग पराजित भयाे भने समूह चरणकाे तेस्राे खेलमा एसियाली राष्ट्र दक्षिण काेरीयासँग २–० काे हार चाख्दै घर फर्किन बाध्य भयाे ।
विश्वकप २०१८ काे अन्तिम १६ का खेलहरू अझ राेचक बने । सन् २०१०काे विजेता राष्ट्र स्पेन घरेलु टाेली रसियासँग पेनाल्टि सुटअाउटमा हार व्यहाेर्दै घर फर्कियाे । २०१४ काे विश्वकपकाे फाइनलिस्ट अर्जेन्टिना फ्रान्सलार्इ ४–३ काे नतिजा सुम्पिँदै घर पर्कियाे ।
विश्वकप २०१८ मा अन्तिम ८ का खेलहरू अझ राेचक बने । विश्वकप २०१८ काे प्रबल दाबेदार मानिएकाे राष्ट्र ब्राजिललार्इ पनि बेल्जियमले घरकाे टिकट कटाइदियाे । त्यसै गरी स्वीडेन पनि इंग्ल्याण्डसँग हार व्यहाेर्दै घर फर्कियाे ।
विश्वकप २०१८ मा अनपेक्षित प्रदर्शन गर्ने राष्ट्रकाे रूपमा नाम क्राेएसियाले लेखायाे । समूह चरणमा अर्जेन्टिनालार्इ ३–० काे हार चखाएकाे क्राेएसिया डेनमार्क र रूसलार्इ हराउँदै सेमीफाइनकाे यात्रा गर्न सफल भयाे । अन्तमा इंग्ल्याण्डलार्इ हराएर इतिहासकाे पानामा नाम लेखाउँदै क्राेएसिया फाइनलमा पुग्न सफल भयाे । उताबाट भने फ्रान्सले अर्जेन्टिना , उरूग्वे र बेल्जियमलार्इ पराजित गर्दै फाइनलमा अाइसकेकाे छ ।
जुलार्इ १५ तारिखमा रूसकाे मस्काेमा फाइनल खेल हुँदैछ । नेपाली समय अनुसार ७ ः ४५ मा रूसकाे मस्काेमा विश्व विजेताकाे लाज लगाउन फ्रान्स क्राेएसिया अामने सामने हुँदैछन् । तुलनात्मक रूपमा हेर्दा फ्रान्सले सहज टाेलीलार्इ प्रतिद्वन्दि पाएकाे छ । यसकाे मतलब याे हाेइन की यस पालिकाे विश्वकप फ्रान्सले नै जित्छ । किनकी २०१६ काे युुराेकपकाे फाइनलमा पनि फ्रान्सले तुलनात्मक रूपमा कमजाेर राष्ट्र पाेर्चुगललार्इ युराेकपकाे उपाधि सुम्पेकाे थियाे ।