एजेन्सी, २२ असार – रुसमा जारी विश्वकप फुटबलको २१ अाैं संस्करण विश्वकप फुटबल २०१८ अन्तर्गत शुक्रबारबाट क्वाटरफाइनलमा खेलहरु शुरु हुँदैछन् । शुक्रबार नेपाली समयअनुसार बेलुकी ७ः ४५ बजे हुने पहिलो खेलमा उरुग्वे र फ्रान्स भिड्दैछन् ।
अन्तिम ८ मा रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई २-१ गोल अन्तरले हारउदैँ उरुग्वे क्वटरफाइनलमा पुगेको थियो भने, मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराउदैँ फ्रान्सले अन्तिम ८ को यात्रा तया गरेको थियो ।
समूह चरणको खेलमा उरुग्वे समूह एको विजेता बन्दै प्रिक्वाटरफाईनलमा पुग्दा उसले अन्तिम आठ प्रवेशका क्रममा भने पोर्चुगल जस्तो बलियो टिमको चुनौती पन्छाएको थियो । उता फ्रान्स भने समूह चरणको समूह विजेता बन्दै प्री क्वाटरफाईनलमा स्थान बनाएको थियो ।
प्राविधिकरुपमा बलियो मानिएको टिम उरुग्वेका लागि काभानी र लुईस स्वारेजबीचको सन्तुलन बलियो पक्ष मानिएको छ । उनीसँगै टिममा गोडिन, म्यासिनो छन् । उता फ्रान्सका किलियन एम्बाफे भने जारी विश्वकपमा पेलेको रूपमा हेरिन थालिउएो अद्भुत क्षमताका खेलाडी हुन् । एम्बापेसंगै ग्रीजम्यान, पोग्वा,हर्नाडेड, जिरोर्ड कान्टे जस्ता बलिया खेलाडी छन् फ्रान्ससंग । जसको कारण फ्रान्स यो विश्वकपमा धेरैको लागि उपाधि दावेदार टोली बनेको छ ।
विश्वकपको इतिहास हेर्दा यी दुई राष्ट्र आमनेसामने हुन लागेको यो पहिलो पटक हो । तर अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भने यी दुई राष्ट्र सात पटक भिडेका छन् । उरुग्वेले दुई पटक जित आफ्नो पक्षमा पार्दा फ्रान्सले मात्र एक पटक जित निकाल्न सकेको छ बाँकी सबै चार खेल भने बराबरीमा रोकिएको छ ।
दुवै टिम उस्तै बलियो हुनु र विगतको इतिहास पनि उस्तै उस्तै भएको कारण निज्नी नोभगोरेड स्टेडियममा दुईको खेल रोचक हुनेमा कुनै शंका छैन । राति पौने १२ बजे ब्राजिल र बेल्जियमको खेल हुँदैछ ।