एजेन्सी, २१ असार – इंग्ल्याण्डका कप्तान ह्यारी केन रुसमा जारी विश्वकप फुटबलको २१ अाैं संस्करणको गोल्डन बुट दौडमा शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, दोश्रो स्थानमा क्वाटरफाइनलमा स्थान बनाउन सफल बेल्जियमका रोमिलु लुकुाकु रहेका छन्।
ह्यारी केनले ४ खेलमा ६ गोल गरिसकेका छन् भने, लुकाकुले ३ खेलमा ४ गोल गरेका हुन्। जसले चार गोल गरेका छन्। लुकाकुको राष्ट्रिय टोली बेल्जियम पनि अन्तिम ८ पुगिसकेको छ। र, लुकाकुले गोल्डन बुट दौडमा केनलाएइ दबाब दिन सक्ने छन्।
लुकाकुका साथै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको पनि ४ गोल रहेको थियो। यद्यपी पोर्चुगल प्रतियोगिताबाट बाहिरि सकेका कारण केनका लागि रोनाल्डोको कुनै दबाद रहने छैन।
विश्वकपको अायोजक रुसले स्पेनलार्इ हराउँदै अन्तिम ८ मा स्थान बनाएर विश्वलार्इ चकित पारेसँगै टोलीका दुई खेलाडीले यस विश्व कपमा तीन – तीन गोल गर्दै गोल्डेन बुट दाैड तर्फ अग्रसर रहेका छन्। अर्टेम डिजुवा र डेनिस चेरीसेभले रुसका लागि समान ३-३ गोल गरेका छन्।
त्यस्तै, फ्रेन्च युवा फरवार्ड किलियान एम्बाप्पेले पनि यो दौडमा केनलाई राम्रो चुनाैती दिन सक्ने छन्। उनले महत्वपूर्ण ३ गोल गर्दै टोलीलार्इ क्वार्टर-फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्।
रोनाल्डोका साथै अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीलार्इ पनि विश्वकप २०१८ को गोल्डेन बुटको प्रबल दाबेदार मानिएको थियो, तर मेसीले १ खेलमा १ गोल मात्र गर्न सफल भएका थिए। अर्जेन्टिना पनि प्रि-क्वाटरफाइनलमा फ्रान्ससँग पराजित हुँदै घर फर्किसकेको छ।
रोनाल्डो र मेसीसँग सँगै ब्राजिलका स्टार फरवार्ड तथा विश्वकै सर्वाधिक महँगा खेलाडी नेयमारलार्इ पनि विश्वकपको पूर्वार्धमा गोल्डेन बुटको प्रबल दाबेदार मानिएको थियो।
यद्यपी उनले ४ खेलमा २ गोल गरेका छन्। जुन् जारी दाैडमा अग्रपंतिमा रहेका केन भन्दा ४ गोल कम हो। ब्राजिलले अन्तिम ८मा स्थान बनाइसके पनि नेयमारले केनलार्इ पछाडी पार्नु लगभग असम्भव देखिएको छ।
विश्वकपको यस अघिको ब्राजिलमा सम्पन्न २० अाैं संस्करणका गोल्डेन बुट विजेता कोलम्बियाका जेम्स रोद्रिगेजले यस पटक चोटका कारण उल्लेखनीय प्रदर्शन गर्न नसक्दा गोल स्कोरर सूचीमा खाता खेल्न सकेनन्।
दोश्रो स्थानमा रहेका लुकाकुले दक्षिण अमेरिकी पावर हाउस ब्राजिलको सामना गर्ने हुनाले गोल गर्ने अवसर कम सिर्जना हुन सक्छ। र, अहिलेको गोल स्कोररको अवस्था र सम्भावनालार्इ हेर्दा लगभग यस पटकको गोल्डेन बुट ह्यारी केनले नै कब्जा गर्ने प्रबल सम्भावना देखिएको छ।