एजेन्सी, २० असार – इंग्ल्याण्ड पनि पेनाल्टीमा सुटअाउटमा कोलम्बियालाई पराजित गरेर विश्व कप क्वाटर फाइनलमा पुग्ने अन्तिम टोली बन्यो। त्यस्तै, प्रबल दाबेदार राष्ट्रहरु फ्रान्स र ब्राजिल र एक अर्काविरुद्धको भिडन्तका लागि तयारीमा जुटिसकेका छन्।
प्रि-क्वाटरफाइनलमा कोलम्बियालार्इ पेनाल्टिमा हराउँदै अन्तिम अाठमा पुगेको इंग्ल्याण्ड क्वाटरफार्इनलमा स्वीडेनविरुद्ध हुने खेलको बलियो प्रतिस्पर्धी रहेको हो। यी दुवै राष्ट्रलार्इ अायोजक रस र क्रोएशियासँगै एकै पोटमा राखिएको छ, जुन पोटमा केवल इङ्गल्याण्ड मात्र विश्वकपको पूर्व विजेता हो
विपरित पक्षको पोटमा ब्राजिल र बेल्जियम अामने सामने हुँदा, २ पटकको विश्व विजेता उरुग्वे र १९९८को विश्वकप विजेता फ्रान्स भिड्ने छन्।
एरिक डायरले अन्तिम पेनाल्टिलार्इ निर्णायक गोलमा परिवर्तनमा गर्दै कोलम्बियाविरुद्धको खेलमा इंग्ल्याण्डलार्इ जीत दिलाएका थिए।
इङ्गल्याण्डका कोच गेराथ साउथगेटको विश्वकप फाइनल यात्रामा पहिलो अवरोधको रुपमा स्वीडेन रहेको छ भने, दोश्रो अवरोधको रुपमा क्रोएशिया हुन सक्ने अनुमान गरिएको छ। यद्यपी क्रोएशियाले सेमिफाइनलमा पुग्नका लागि अायोजक रुसलार्इ जुलार्इ ७ मा स्तब्ध पार्नु पर्ने हुन्छ।
त्यस्तै, स्वीडेन संयुक्त राज्य अमेरिकामा अायोजित १९९४ विश्वकप पछि पहिलो पटक विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ।
त्यस्तै अर्को तर्फ ५ पटकको विश्वकप विजेता ब्राजिलले युवा तथा प्रतिभाशाली खेलाडीको जमात रहेको बेल्जियमको सामना गर्नेछ। त्यस्तै किलियान एम्बाप्पेको नेतृत्वमा रहेको फ्रेन्च टिमले २ पटकको विश्वकप विजेता उरुग्वेको सामना गर्नेछ।
जसमा विश्वकप फुटबलको महारथि ब्राजिल अाफ्नो कीर्तिमान अझ बढाउने सुरमा हुनेछ भने दाबेदार मानिएको फ्रान्स लोगो माथि स्टार थप्ने बाटो तर्फ अग्रसर हुने अनुमान गरिएको छ। बेल्जियम प्रि-क्वाटरफाइनलमा २-० ले पछाडी परेपनि अन्तिम २१ मिनेटमा ३ गोल फर्काउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो।
क्वाटरफाइनलमा ब्राजिलविरुद्ध भिड्ने बेल्जियमका र्इडेन हाजार्ड, रोमिलु लुकाकु, ड्राइज मार्टेन्स र केभिन डि-ब्रुइनीको अाक्रामक टोलीले ब्राजिलियन रक्षापंतीलार्इ चुनौती दिन सक्ने छ।
दक्षिण अमेरिकी ह्याभिवेट ब्राजिलले ४ खेलहरु मध्ये १ खेलमा मात्र गोल खाएको हुनाले बेल्जियमका लागि पनि मजबुत रक्षापंतीलार्इ छिचोल्नु चुनाैती रहने छ।
फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दा उरुग्वेले पोर्चुगललार्इ २-१ ले पराजित गरेपछि भेट सुनिश्चित गरेका हुन्। जोसे गिमिनेज र डिएगो गोल्डिन को बलियो रक्षापंती नै उरुग्वेको प्रमुख हतियार हो भने, लुईस स्वारेज र एडिंसन कभानीको घातक जोडीले अाक्रमणमा कुनै कमि नहु्ने निश्चित छ।