एजेन्सी, २० असार – रुसमा जारी विश्वकप फुटबलको नकअाउट चरण सकिएसँगै क्वार्टर-फाइनलका खेलहरु जुलार्इ ६ र ७ तारिखमा हुँदैछन्।
अन्तिम ८ मा पुगेका टोलीहरुले सेमिफाइनलमा प्रवेश अर्थात् अन्तिम ४ मा पुग्नका लागि कडा प्रतिस्पर्धा गर्नैमा कुनै शंका छैन। सोही समिकरण अन्तर्गत क्वाटरफाइनलको को पहिलो खेलमा, उरुग्वेले फ्रान्सको सामना गर्नेछ।
यो म्याच जुलार्इ ६ तारिख नेपाली समय अनुसार राति ७ः४५ बजे हुनेछ। उक्त खेलको विजेताले ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग खेल्ने छ। उक्त खेल पनि ६ तारिकमै राति ११ः४५ बजे नेपाली समयमा हुने सुरु हुनेछ।
यस्तो छ सम्पूर्ण क्वाटरफाइनल चार्ट
जुलाई ६: उरुग्वे vs फ्रान्स (७ः४५ बजेदेखि), निज्नि नोभ्गोरोड स्टेडियम।
जुलाई ६ः बेल्जियम vs ब्राजिल (११ः४५ बजेदेखि), कजान एरेना
जुलाई ७ स्वीडेन vs इंग्ल्याण्ड (७ः४५ बजेदेखि), समारा एरेना
जुलाई ७: रुस vs क्रोएशिया (११ः४५ बजेदेखि), फिस्ट स्टेडियम
सेमिफाइनल खेलहरु जुलाई १० र ११ मा हुनेछन्। त्यस्तै, फाइनल जुलाई १५ मा मस्को स्थित लुजनिकी स्टेडियममा हुनेछ।