एजेन्सी, २० असार – उरुग्वेका लुइस स्वारेजको विश्वकप क्वार्टर-फाइनलमा फ्रान्सका युवा स्ट्राइकर किलियन एम्बाप्पेसँग भेट हुने पक्का भएको छ।
फर्ममा रहेका एम्बाप्पेलार्इ रोक्नु उरुग्वेको डिफेन्सका लागि चुनाैती रहेको विषयमा क्वाटराफाइनल खेलका लागि ट्रेनिङपछि पत्रकारहरुसँग कुरा गर्दै स्वारेजले भनेका, 'मलार्इ मेरो टोलीको रक्षापंती माथि पूर्ण भरोसा छ, अहिलेसम्म उरुग्वेले जारी विश्वकपमा १ गोल मात्र खाएको छ। यसले पनि उरुग्वेको रक्षापंतीलार्इ दर्शाएको छ।'
बार्सिलोनाका स्ट्राइकर स्वारेजले भने, 'सबैलाई थाहा छ कि एम्बाप्पे एक प्रतिभाशाली खेलाडी हुन्, तर हाम्रो रक्षापंती सँग त्यतीनै क्षमता छ, जति उनलार्इ रोक्नकालागि अावश्यक हुन्छ।'
फ्रान्सले प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनालार्इ ४-३ गोल अन्तरले पराजित गर्दा १९ वर्षिय एम्बाप्पेले २ गोल गरेका थिए। स्वारेजले फ्रान्सका तर्फबाट एम्बाप्पे मात्र नभर्इ एन्टोइन ग्रिजम्यान पनि प्रमुख घातक रहेको बताएका छन्।
उरुग्वेले जारी विश्वकपको समुह चरणका ३ खेलमा १ गोल पनि खाएको थिएन भने, नकअाउट चरणमा पोर्चुगलले १ मात्र गोल खाएको छ। उरुग्वेले यो संस्करणमा मात्र नभर्इ १९३०, १९५९, १९५४, २०१० को विश्वकपमा पनि समुह चरणमा गोल खाएको थिएन।