एजेन्सी, २० असार - रुसमा जारी विश्व कप फुटबलको नक अाउटचरणको अन्तिम खेलमा इंग्ल्याण्ड विजयी भएको छ। इंग्ल्याण्डले कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै क्वाटरफाइनलमा स्वीडेनसँगको भेट पक्का गरेको हो।
निर्धारित समयको खेल १-१ गोलको बरारीमा टुंगिएको पछि अतिरिक्त समय तर्फ धकेलिएको खेलको उक्त समयमा पनि अन्य गोल हुन नसकेपछि निर्णय पेनाल्टिबाट लिइएको हो। कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पहिलो पहिलो पेनाल्टीमा गोल गरेका थिए ।
त्यस्तै, दोश्रो पेनाल्टि प्रहार गरेका कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले पनि गोल गर्न सफल भएका थिए। तेश्रो पेनाल्टिमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोकेका थिए।
कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लागेपछि पुन नतिजा बरारीमा फर्केेको थियो। इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए।
कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके। इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ अग्रता दिलाएका थिए। उक्त अग्रतालार्इ इन्जुरी समयको तेश्रो मिनेटमा कोलम्बियका येरी मिनाले गोल गर्दै सन्तुलनमा ल्याएका थिए। जारी विश्वकपको गोल्डेन बुट दाैडमा सबै भन्दा अगाडी रहेका केनको ६ गोल पुगेको छ।
यो खेलको विजेताले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ। नकअाउट चरणबाट विश्व कप क्वार्टरफाइनलमा यसअघि नै उरुग्वे, फ्रान्स, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेका थिए ।