एजेन्सी, १९ असार – विश्वकप फुटबलको नकअाउट चरणका खेलहरु अाजबाट सकिँदै छन्। प्रि–क्वाटरफाइनलबाट जीत निकाल्दै फ्रान्स, उरुग्वे, रुस, क्रोएशिया, ब्राजिल र बेल्जियम यस अघिनै विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्।
त्यसैगरी, अाज हुने नकअाउट चरणका अन्तिम खेलमा इंग्ल्याण्ड र कोलम्बिया भिड्दै छन्। राति ११ः४५ बजे स्पार्टाक स्टेडियममा हुने खेलको विजेता अन्तिम अाठाैं मुलुक हुँदै क्वाटरफाइनलमा पुग्ने छ भने, पराजित हुने टीम विश्वकप फुटबलबाट बाहिरिने छ।
समुह चरणका ३ खेलमध्ये २ मा जीत र १ मा पराजित भएको इंग्ल्याण्ड समुह जीको उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो। त्यस्तै, कोलम्बिया पहिलो खेलमा पराजित भएपनि त्यसपछिका लगातार २ खेलमा जीत निकाल्दै समुह एचको विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो।
उत्कृष्ट फर्ममा रहेका इंग्लिस खेलाडीलार्इ रोक्नु अाजको खेलमा कोलम्बियाका लागि चुनाैती रहेको छ। विश्वकप फुटबल २०१८को उपाधि दाबेदारको रुपमा हेरिएको गेराथ साउथगेटको इंग्लिस टोलीका कप्तान ह्यारी केन यस अघिनै पानामाविरुद्ध ह्याट्रिक र ट्युनिसियाविरुद्ध २ गोल गर्दै गोल्डेनबुट दाैडमा शीर्ष स्थानमा रहेका छन्।
कोलम्बयाली टोलीका लागि उनको वर्तमान फर्मलार्इ रोक्नु चुनाैती त छँदैछ त्यसमा पनि स्टार खेलाडी जेम्स रोद्रिगेजको चोटले अझ चुनाैती बढेको छ। यद्यपी इंग्ल्याण्डविरुद्धको खेलमा उनी खेल्ने कि नखेल्ने भन्नेबारे अहिले सम्म अाधिकारिक धारणा अाइसकेको छैन्।
यी २ राष्ट्रबीच अहिले सम्म भएका ५ भेट मध्ये ३ मा इंग्ल्याण्डबीच विजयी भएको छ भने, २ खेल बराबरीमा टुंगिएका छन्। कोलम्बियाको लागि अाजको खेलमा जीत निकाल्न सके एेतिहासिक जीतका साथै लगातार दोश्रो पटक विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्ने छ।