एजेन्सी, १७ असार – २०१८ जुन १४ तारिखबाट रसियामा सुरु भएकोे विश्वकपको लगभग मध्यान्ह भएको छ। समूह चरण्का सबै खेल सकिएर पनि अन्तिम १६ का २ वटा खेलहरुको पनि नतिजा आइसके। तर, नतिजा भने खल्लो आयो।
विश्व फुटबलका हस्ती मानिएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको टिम पोर्चुगल र अर्जेन्टिना अन्तिम १६ बाट नै बिदा हुन बाध्य भए।रोनाल्डोको कप्तानिमा विश्वकपमा सहभागिता जनाएको पोर्चुगल सजिलै समूह चरण पार गर्न सफल भयो भने मेसीको प्रेरणादायी प्रदर्शनमा विश्वकप २०१८ मा सहभागी भएको अर्जेन्टिनालाई अन्तिम १६ मा स्थान बनाउन हम्मे हम्मे पर्यो।
छनौट खेलमा इक्वेडर विरुद्ध सनसनीपूर्ण ह्याट्रिक गर्दै विश्वकपमा अर्जेन्टिनालाई छनौट गराएका मेसीले नाइजेरीया विरुद्ध पनि त्यस्तै प्रदर्शन गरे । धरमराएको अर्जेनिटनालाई अन्तिम १६ मा लगेरै छोडे।
तर, दुर्भाग्य मेसी आप्mनो देशलाई अन्तिम ८ भने लान भने असमर्थ भए। अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भयो। अर्जेन्टिना र मेसीको जस्तै हालत व्यहोर्न पोर्चुगल र पोर्चुगिज कप्तान रोनाल्डो पनि बाध्य भए।
समूह चरणको पहिलो खेलमा नै बलियो प्रतिद्वन्दी स्पेन विरुद्ध ह्याट्रिक तथा मोरक्को विरुद्ध १ गोल गर्दै पोर्चुगललाई अन्तिम १६ को बाटो देखाएका रोनाल्डो पनि त्यहाँ भन्दा अगाडी बढ्न सकेनन्।
अन्तमा उरुग्वेलाई २–१ को नतिजा सुम्पदै पोर्चुगल पनि रुस छोड्न बाध्य भयो। सायद आधुनिक फुटबलका २ हस्ती रोनाल्डो र मेसी आप्mनो खेल जीजनको उत्तरार्धमा प्रवेश गरिसकेका छन्। खेल पण्डितहरुको विश्लेषण हेर्दा यो २ हस्तीको नै अन्तिम विश्वकप भएको अनुभूति हुन्छ।
अन्तिम विश्वकपमा २ मध्ये एक हस्तीले चाहि विश्वकप उचाल्ने आशा गरिएको थियो। तर, त्यसो हुन सकेन। रोनाल्डो र मेसी बिनाको विश्वकप सायद केही मात्रामा खल्लो हुने निश्चित।