एजेन्सी, १५ असार – रुसमा जारी विश्वकप फुटबल अन्तर्गत अाजबाट नकअाउट चरणका खेलहरू शुरू हुँदैछन्।
नकअाउट चरणको पहिलाे खेलमा युराेपियन राष्ट्र फ्रान्स र दक्षिण अमेरीकि राष्ट्र अर्जेन्टिना एक अापसमा भिड्दै छन्। त्यसै गरी अाजै हुने खेलमा पनि दक्षिण अमेरीकी राष्ट्र उरूग्वे सामू युराेपियन च्याम्पियन पाेर्चुगल उत्रिँदैछ।
नेपाली समय अनुसार साझ ७ः४५ बाट सुरू हुने खेल निकै राेमाञ्चक हुने अाशा गरिएको छ। किनभने अन्तिम १६ मा सहजै नाम लेखाएकाे फ्रान्स विरूद्ध धरमराउँदै अन्तिम १६काे टिकट काटेकाे अर्जेन्टिना अघिल्लाे चरणका लागि घम्साघम्सी गर्दैछन्। २ पटककाे विश्वविजेता अर्जेन्टिनाका लागि अाज केन्द्रिय खेलाडी लियाेनल मेसी हुनेछन्। त्यस्तै, २०१६ युरोकपको उपविजेता फ्रान्सका तर्फबाट प्रमुख खेलाडीको रुपमा एन्टाेइन ग्रिजम्यान हुनेछन्।
मेसीकाे जादु चलेकाे खण्डमा अर्जेन्टिनाले अन्तिम ८ काे टिकट काट्नेछ। तर, स्टार खेलाडिले भरीएकाे फ्रान्सले मेसीलार्इ राेक्न सबै तागत लगाउने अनुमान गरीएकाे छ। फ्रान्सले १ पटक विश्वकपकाे उपाधी चुमेकाे छ।
अाजै राति हुने अन्तिम १६काे दाेस्राे खेलमा २ पटककाे विश्वविजेता उरूग्वेविरूद्ध एक पटककाे युराेपियन च्याम्पियन पाेर्चुगल उत्रिँदै छ। तुलनात्मक रूपमा हेर्दा उरूग्वे पाेर्चुगल भन्दा बलियाे देखिन्छ। यस विश्वकपमा उरूग्वे क्लिन सीट राख्दै समूह चरण पार गर्ने एउटै मात्र टाेली हाे। याे भन्दा अगाडि १९९८मा अर्जेन्टिनाले पनि यहि अवस्थामा समूह चरण पार गरेकाे थियाे।
१९८२ देखि ६ पटक अन्तिम १६मा स्थान बनाएकाे उरूग्वे एक चाेटि मात्रै अन्तिम ८ मा प्रवेश गर्न सफल भएकाे छ। २०१०काे विश्वपममा दक्षिण काेरीयालार्इ २–१ले हराउँदै उरूग्वे अन्तिम ८ मा पुगेकाे थियाे। भने ४ पटक समूह चरण पार गरेकाे पाेर्चुगलले १९६६ र २००६मा सेमिफाइनल सम्मकाे यात्रा तय गरेकाे छ।
अाजकाे याे खेलका केन्द्रिय खेलाडी पाेर्चुगलका तर्फबाट राेनाल्डाे हुनेछन् भने उरूग्वेका तर्फबाट लुइस स्वारेज हुनेछन्।
समकालीन समयका २ ठूला खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे अाफ्नाे टिमलार्इ अघिल्लाे चरणकाे यात्रा गराउन अातुर देखिन्छन् । यदि यसाे भएमा यी खेलाडिकाे छवि अझ उकासिने पक्का छ । तर २ खेलाडीलार्इ नै याे कठीन चुनाैति हुने निश्चित छ ।