एजेन्सी, १३ असार – ब्राजिलका फिफा व्यालोन डि'अोर विजेता पूर्व रियल म्याड्रिड स्टार काकाले ब्राजिलियन स्टार नेयमारको बारेमा फरक–फरक धारणा सार्वजनिक गर्दै अाएका छन्।
यसै क्रममा काकाले हालै सार्वजनिक गरेको धारणा अनुसार यदि नेयमार चाहन्छन् भने रियल म्याड्रिड जानु अावश्यक रहेको बताएका छन्।
काकाले भने अनुसार मिडियाहरुले अनावश्यक हल्ला चलाएर मात्रै पनि पिएसजी स्टारलार्इ अाफ्नो करियर व्यवस्थापन गर्न कठिन बनाएको बताउँदै नेयमारले चाहेको खण्डमा रियल जानु सर्वश्रेष्ठ रहेको टिप्पणी गरेका हुन्।
विश्वकपमा पनि तनाव व्यहोरि रहेका नेयमारलार्इ बचाउ गर्दै काकाले भने, 'नेयमार अाफैंमा फुटबलका एक राजा हुन् र निश्चित छकि शक्तिवान् मानिसका चुनाैतिहरु धेरै हुन्छन्।'
फुटबल जीवनको सन् २००३ देखि २००१३ सम्म काकाले रियल म्याड्रिडमा बिताएका थिए। काकाले बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा फ्रान्स पुगेका नेयमारलार्इ १ वर्ष पछि पुनः स्पेन फर्किने सल्लाह दिएका हुन्।
यदि नेयमार अहिले रियल जान्छन् भने, पिएसजी रियल सम्म पुग्ने एक खुड्किलो साबित हुने काकाले बताएका छन्। नेयमार फ्रान्स पुगे यता जहिल्यै पनि तनाबमा रहेका छन्। जसको कारण हो मिडियाले चर्चा गर्ने उनको प्रदर्शन, उनको वर्ग, उनको कपाल यति सम्म की नेयमारले बोक्ने सुटकेस सम्मको पनि चर्चा हुन्छ।
काकाले थपे, 'उनी एक स्टार खेलाडीका साथै एक सेलिब्रेटी पनि भइसकेका छन्। र सबै कुरालार्इ नियन्त्रण गर्नु नेयमारका लागि चुनाैती बनिरहेको छ।'
घाइते हुन भन्दा अगाडी ब्राजिलियन स्टार नेयमारले २० लिगका खेलहरुमा १९ गोल गरेका थिए। तर, नेयामारलार्इ ब्राजिलियन महान हस्ती रोनाल्डो र पेलेसँग तुलना गर्नु हतार हुने बताएका छन्।
नेयमार अझै पनि विकशित फेजमै रहेका कारण भविष्यमा व्यालोन डि योरका लागि दाबेदार रहेको पनि काकाले स्पष्ट पार्दै रियलमा अाबद्ध भएका झनै प्रबल सम्भावना रहेको बताएका छन्।