एजेन्सी, १३ असार – विश्वकप फुटबलको समुह चरणको अन्तिम राउण्ड चलिरहँदा ८ टिमले नकअाउट चरणमा स्थान बनाइसकेका छन्। त्यस्तै, अन्य ८ टिम समुह चरणबाटै घर फर्किएका छन्।
विश्वकप फुटबल अन्तर्गत ४ समुहका समुह चरणका खेल सकिँदा समुह 'ए' बाट क्रमशः उरुग्वे र रुस, समुह 'बी' बाट स्पेन र पोर्चुगल, समुह 'सी' बाट फ्रान्स र डेनमार्क तथा समुह 'डी' बाट क्रोएसिया र अर्जेन्टिना समुह विजेता र उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगिसकेका छन्।
त्यस्तै, साउदी अरब, इजिप्ट, इरान, मोरक्को, अस्ट्रेलिया, पेरू, नाइजेरिया र अाइसल्याण्ड घर फर्किँदै छन्। समुह चरणको अन्तिम राउण्डका अाधा खेलहरु सकिँदा नकअाउट चरणमा पुग्ने टिमले प्रि–क्वाटरफाइनलमा भिड्नु पर्ने टिमको पनि सुनिश्चित गरिसकेका छन्।
जस अनुसार नकअाउट चरणको पहिलो खेलमा संघर्ष गरेर अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले समुह 'सी'को विजेता फ्रान्सको सामना गर्नेछ। यी दुबै राष्ट्र महादीप अनुसार हुने कोपा अमेरिका र युरोकप फुटबलका उपविजेता रहेका छन्।
त्यस्तै, अायोजक रुसले २०१० को विश्व विजेता स्पेनको सामना गर्दा, २ पटकको विश्व विजेता उरुग्वे र २०१६ को युरोकप विजेता पोर्चुगल अामनेसामने हुनेछन्। त्यसैगरि क्रोएसिया र डेनमार्कले पनि भेट निश्चित गरिसकेका छन्।
विश्वकप फुटबलका बाँकी ८ प्रि–क्वाटरफाइनल खेल्ने टोलीको टुंगो अाज र भोलीमा लाग्ने छ। जस अनुसार अाज पनि समुह 'इ' र 'एफ'का खेलहरु हुँदैछन्।
राति ७ः४५ बजे हुने समुह 'एफ'का खेलहरुमा मेक्सिको र स्वीडेन तथा जर्मनी र दक्षिण कोरिया भिड्दै छन्। उक्त समुहबाट मेक्सिको २ खेलमा २ जीत निकाल्दै लगभग नकअाउटको सम्भावना बनाइसकेको छ।
यद्यपी उक्त सम्भावनालार्इ यथार्थमा उत्रार्नका लागि अाजको खेलमा स्वीडेनलार्इ कम्तिमा पनि बराबरीमा रोक्नुपर्ने चुनाैती रहेको छ। यदी स्वीडेनले १–० गोल अन्तरले मात्रै मेक्सिकोलार्इ पराजित गर्यो भने पनि गोलसंख्याका अाधारमा मेक्सिको नै जाने लगभग निश्चित छ।
तर, जर्मनी र कोरियाबीचको खेलमा यदि कोरियाले जर्मनीलार्इ बराबरीमा रोक्यो र स्वीडेनले मेक्सिकोलार्इ पराजित गर्यो भने स्वीडेन अन्तिम १६ मा पुग्दा साबिक विजेता जर्मनी समुह चरणबाटै बाहिरिने छ। त्यसकारण अाजका खेलहरु रोमाञ्चक हुने अनुमान गरिएको छ।
त्यस्तै, अाज राति ११ः४५ बजे हुने समुह 'इ' अन्तर्गतका खेलहरुमा स्वीटजरल्याण्ड र कोस्टारिका तथा ब्राजिल र सर्बिया भिड्दै छन्।
उक्त समुहमा ४ अंक सहित ब्राजिल शीर्ष स्थानमा रहेको छ भने, गोल संख्याका अाधारमा दोश्रो स्थानमा रहेको स्वीटजरल्याण्डको पनि समान ४ अंक रहेको छ।
अाजका खेलहरु एकै समयमा हुने भएकाले कुनै पनि टिम अानन्दले खेल्न पाउने छैनन्। यदि ब्राजिल र सर्बिया बराबरीमा रोकिन्छन् र स्वीटजरल्याण्डले कोस्टारिकालार्इ हराउँछ भने ब्राजिल समुहको उपविजेता हुँदै नकअाउटमा पुग्ने छ।
तर स्वीटजरल्याण्डले बराबरी मात्र खेल्दा ब्राजिल सर्बियासँग पराजित भयो भने समुह चरणमै विश्वकपमा ब्रा्जिलको यात्रा टंगिने छ। यस अर्थमा अाजहुने सम्पुर्ण खेलको भुमिका नकअाउट चरण प्रवेशका लागि हुने भएकाले प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको अाशा गरिएको छ।