एजेन्सी, १२ असार – समस्त खेल जगतमै स्टार खेलाडी विपक्षीको शिकार हुने गर्दछन्। कुनै पनि विधाको खेलाडीले स्टार खेलाडीमा जति संघर्ष गर्छ, त्यति नै संघर्ष निरन्तर अावश्यक हुन्छ।
जस्को ज्वलन्त उदाहरण जारी विश्वकपमा ब्राजिलका स्टार फरवार्ड नेयमार बनेका छन्। जारी विश्वकप फुटबलको पहिलो खेलमा स्टीटजरल्याण्डविरुद्ध पनि स्वीस डिफेण्डरको अाँखाको तारा बनेका नेयामारलार्इ कोस्टारिकाका डिफेण्डरले पनि कुनै कसर बाँकी राखेनन्।
जस्को कारण नेयमारमाथि जारी विश्वकपकै सबैभन्दा बढी फाैल भएको छ। ब्राजिलियन टोलीका लागि जारी विश्वकपमा १ गोल मात्र गर्न सफल भएका नेयमारलार्इ विश्वकप अगाडी गोल्डेन बुटको दाबेदार मानिएको थियो।
तर, विविध कारणले सोचेजस्तो प्रदर्शन गर्न नसकेका उनी अाफ्नै सहकर्मीको छायाँमा परेका छन्। फिफा व्यालोन डि'अोर विजेता पूर्व ब्राजिलियन स्टार काकाले अहिलेको अवस्थामा नेयमार भन्दा काैटिन्हो ब्राजिलका लागि की प्लेयर साबित भएको प्रतिक्रिया दिएका छन्।
नेयमार चोटका कारण ३ महिना मैदान बाहिर रहँदै विश्वकपको ठिक अगाडी मात्र खेलमा फर्किएका हुन्। चोटको कुरालार्इ पनि कारण भएको बताउँदै काकाले नेयमारको बचाउ पनि गरेका छन्।
काकाले भने अनुसार काैटिन्हो स्वीटजरल्याण्ड तथा कोस्टारिका विरुद्धका खेलमा उद्धारकर्ता साबित भएको बताएका छन्। वर्तमान विश्वकपको परिप्रेक्षमा नेयमारको तुलनामा काैटिन्हो नै प्रभावशाली रहेको तर, नेयमार जहिल्यै स्टार खेलाडी रहने काकाको जोड थियो।
'नेयमार हाम्रा स्टार खेलाडी हुन्, अाफ्नो राष्ट्रिय टोलीलार्इ मजबुत बनाउन उनको देन प्रत्यक्ष र अप्रत्यक्ष दुबै रुपमा रहेको छ।' काकाले स्पष्ट पारे। 'नेयमार जस्ता खेलाडीहरु टोलीमा भएका कारण हामी मजबुत छाैं। तर वर्तमान परिप्रेक्षमा काैटिन्हो नै राष्ट्रका लागि हिरो साबित भएका छन्।'
नेयमारले जारी विश्वकपका २ खेलमा १ गोल गरेका छन् भने काउटिन्होले २ गोल गरेका छन्।