एजेन्सी, १२ असार – विश्वकप फुटबल अन्तर्गत अाज समुह सी र डीका ४ खेलहरु हुँदै छन्। राति ७ः४५ बजे हुने खेलमा समुह सी अन्तर्गत पेरू र अस्ट्रेलिया तथा फ्रान्सविरुद्ध डेनमार्क भिड्दै छन्।
समुह सीमा पहिला २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने, डेनमार्कको एक खेलमा जीत र १ मा बराबरीबाट ४ अंक रहेको छ। त्यस्तै, अस्ट्रेलियाले पनि १ खेलमा जीत हातपार्दै ३ अंक बटुलेको छ।
समुह सीबाट फ्रान्स यस अघि नै नकअाउट चरणमा प्रवेश गरिसकेको छ भने, डेनमार्कको सम्भावना प्रवल देखिएको छ। यद्यपी पेरुलार्इ हराउन सके अस्ट्रेलिया पनि नकअाउटमा जान सक्ने छ।
त्यस्तै, राति ११ः४५ बजे हुने समुह डी अन्तर्गतका खेलहरुमा अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र अाइसल्याण्ड भिड्दै छन्। तालिकाको शीर्ष स्थानमा रहेको क्रोएसियाको ६ अंक रहेको छ भने, दोश्रो स्थानमा रहेको नाइजेरियाको ३ अंक रहेको छ।
समान खेलबाट १ मा हार र १ खेलमा बराबरी खेलेका अाइसल्याण्ड र अर्जेन्टिनाको १–१ अंक रहेको छ। समुह डीबाट क्रोएसिया यस अघिनै नकअाउटमा प्रवेश गरिसकेको छ भने, अाजको खेलमा जीत हात पार्न सके मात्र अर्जेन्टिनाको सम्भावना रहने छ तर, अाइसल्याण्डले क्रोएसियलार्इ पराजित गर्यो भने, अर्जेन्टिनाले नाइजेरियाविरुद्ध फराकिलो जीत निकाल्नु पर्ने हुन्छ।