एजेन्सी, १२ असार – विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’बाट स्पेन विजेता र पोर्चुगल उपविजेताका विश्व कप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन्। समुहका अन्तिम २ खेलमा पोर्चुगलले इरान तथा स्पेनले मोरोक्कोसँग बराबरी खेल्दै अंक बाँडेका हुन्। स्पेन र मोरोक्कोले २–२ तथा पोर्चुगल र इरानलाई १–१ बराबरी खेले।
३ खेलमा समान १ जीत र २ बराबरी गरेको स्पेन र पोर्चुगलको समान ५ अंक पुगेको छ। प्रतियोगिताबाट बाहिरिएको इरानको ३ र मोरोक्काको १ अंक छ । प्रि क्वार्टरमा स्पेनले समूह ‘ए’को उपविजेता रुस तथा पोर्चुगलले समुह एको विजेता उरुग्वेको सामना गर्नेछ।
पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिज्माले दिलाएको अग्रतालाई जोगाउँदै पोर्चुगलले दोस्रो हाफमा जोगाउन सकेन। खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बाढेका थिए।
त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन्। रोनाल्डोलार्इ नै पेनाल्टि एरियामा लडाए पछि पाएको पेनाल्टिमा गोल गर्नबाट उनी चुकेका हुन्। रोनाल्डोले प्रहार गरेको पेनाल्टि इरानी गोलकिपरले रोकेका थिए।
अर्को खेलमा दुई पटक पछि परेर पनि स्पेनले खेलमा बराबरी गरेको थियो। रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै खालि बोटेबलले १४औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए। खेलमा पछाडि परेर दबाबमा परेको स्पेनले पाँच मिनेटपछि नै गोल गर्दै खेलमा फर्केको थियो।
स्पेनका लागि पहिलो गोल इनिएस्टाको पासमा इस्कोले बराबरी गोल फर्काएका थिए। ८१औं मिनेटमा युसेफ इन नेन्रीको हेड गोलमा मोरोक्कोले पुनः अग्रता लियो। तर इन्जुरी समयमा इयागो आसपासले गोल फर्काएँदै स्पेनलाई हारबाट जोगाएका थिए।
स्पेन र पोर्चुगलले पहिलो खेलमा ३–३ को बराबरी खेलेको थियो। अन्य खेलमा स्पेनले इरानलाई , पोर्चुगलले मोरोक्कोलाई र इरानले मोरोक्कोलाई समान १–० ले हराएको थियो।