एजेन्सी, ११ असार – रुसमा जारी विश्वकप फुटबलका दोश्रो चरणका खेलहरु सकिएसँगै उत्कृष्ट ११ को छनाैट गरिएको छ। विश्वकप फुटबल २०१८ को म्याचविक २ का खेलहरुमा खेलाडीले गरेको प्रदर्शनीका अाधारमा फरक–फरक पोजिसनबाट खेल्ने उत्कृष्ट ११को सूची तयार गरिएको छ।
गोल किपरः रोबिन अोल्सेन, स्वीडेन
२८ वर्षिय स्वीस गोलकिपर अोल्सेनलार्इ विश्वकप २०१८ अन्तर्गत म्याचविक २ को उत्कृष्ट गोलकिपर चुनिएको छ। जर्मनीविरुद्धको खेलमा गुण्डोगान, हेक्टर, मुलर र गोमेजलगायत जर्मन खेलाडीहरुको सशक्त प्रहारलार्इ रोकेका अोल्सेनले अन्त्यसम्म उत्कृष्ट खेल पस्केका थिए। तर, खेलको अन्त्यमा टोनी क्रुसको प्रहार बचाउनबाट असफल हुँदा टिमलार्इ बचाउन सकेनन्। तर, उनको प्रदर्शनलार्इ दोष लगाउनु तर्कसम्मत हुँदैन।
सेन्टर ब्याकः डोमागोज भिडा, क्रोएसिया
२९ वर्षिय क्रोएसियाली डिफेन्डर भिडाले अर्जेन्टिनि अट्याकरलार्इ हल्लिन दिएका थिएनन्। जसको फलस्वरुप अर्जेन्टिना क्रोएसिया ३–० गोलअन्तरले पराजित भएको थियो। अर्जेन्टिनाविरुद्धको खेलमा गरेको अविश्वसनीय खेललार्इ अाधार मानेर डोमागोज भिडालार्इ म्याचविक २ को उत्कृष्ट डिफेन्डरको रुपमा चुनिएको छ।
सेन्टर ब्याकः जोन स्टोन्स, इंग्ल्याण्ड
२४ वर्षिय इंग्लिस डिफेन्डर स्टोन्स पछिल्लो सिजन म्यानचेस्टर सिटीले प्रिमियर लिग जित्दा उनी उत्कृष्ट फर्ममा रहँदै महत्वपूर्ण खेलाडी रहेका थिए। उनले गतसिजनको लयलार्इ कायम राख्दै स्टोन्सले ट्युनिशियाविरुद्धको खेलमा रक्षकको काममा मात्र सिमित रहेनन्। स्टोन्सले उक्त म्याचमा २ गोल गरेका छन्। उक्त खेलमा स्टोन्सले गरेको खेल प्रदर्शनीको अाधारमा उनलार्इ सेन्टरब्याकको रुपमा चुनिएको छ। उक्त खेलमा ट्युनिशियाविरुद्ध इंग्लिस साइड ६–१ गोल अन्तरले विजयी भएको थियो।
सेन्टर ब्याकः कार्लोस साल्सेडो, मेक्सिको
२४ वर्षिय मेक्सिकन डिफेण्डर साल्सेडो कोरियाविरुद्धको खेलमा मेक्सिकोका लागि खम्बा साबित भएका थिए। उनको कोरियाविरुद्धको खेलको अाधारमा कार्लोस साल्सेडोलार्इ उत्कृष्ट सेन्टरब्याकको रुपमा चुनिएको छ।
राइट मिडफिल्डरः सर्डान सक्विरी, स्वीटजरल्याण्ड
स्टोक सिटीबाट व्यवसायिक फुटबल खेल्ने सक्विरीले राष्ट्रिय टोलीका लागि सर्बियाविरुद्धको खेलमा विजयी गोल गरेका थिए। नाटकीय जीत हातपारेको खेलको अन्तिम मिनेटमा गोल गर्दै अाफ्नो टोलीको जीत सुनिश्चत गरेका थिए।
सेन्टर मिडफिल्डरः टोनी क्रुस, जर्मनी
रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षिय क्रुस जर्मनीको यस संस्करणका महत्वपूर्ण खेलाडी हुन्। उनले अाफ्नो अावश्यकता स्वीडेन विरुद्धको खेलमा प्रमाणित गरेका छन्। पराजित हुन लागेको अवस्थाबाट जर्मनीलार्इ जीत दिलाएका हुन्। क्रुसले अन्य खेलाडीको तुलनामा सबै भन्दा बढी पटक बल छोएका थिए भने, २ ठूला माैका सिर्जना गरेका थिए।
सेन्टर मिडफिल्डरः लुका मोड्रिच, क्रोएसिया
रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिच क्रोएसियाली टिमका कप्तान हुन्। ३२ वर्षिय मोड्रिकले अर्जेन्टिनालार्इ ३–० को नमिठो हार चखाउउँदा महत्वपूर्ण भुमिका निर्बाह गरेका थिए। मोड्रिचले अर्जेन्टिनाविरुद्ध डि–बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए। अर्जेन्टिनाविरुद्धको प्रदर्शनको अाधारमा मोड्रिचलार्इ उत्कृष्ट सेन्टर मिडफिल्डको रुपमा चुनिएको छ।
लेफ्ट मिडफिल्डरः जेम्स रोड्रिगेज, कोलम्बिया
विश्वकप फुटबल १०१४ का गोल्डेन बुट विजेता २६ वर्षिय रोड्रिगेज क्रिएटिभ मिडफिल्डरमा गनिन्छन्। उनले पोल्याण्डविरुद्धको खेलमा २ असिस्ट सिर्जना गरेका रोड्रिगेज उक्त खेलमा कोलम्बियालार्इ ३–० गोलले विजयी गराउनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। उनले उक्त खेलमा गरेको प्रदर्शनीका अाधारमा रोड्रिगेजलार्इ म्याचविक २ को उत्कृष्ट लेफ्ट मिडफिल्डर चुनिएको छ।
फरवार्डः एहेमद मुसा, नाइजेरिया
पहिलो खेलमा पराजित भएको नाइजेरियालार्इ दोश्रो खेलमा अाइसल्याण्डविरुद्ध जीत निकाल्न महत्वपूर्ण भुमिका निर्वाह गरेका २५ वर्षिया मुसालार्इ उत्कृष्ट स्ट्राइकरको रुपमा राखिएको छ। अाइसल्याण्डविरुद्धको खेलमा नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका थिए।
फरवार्डः रोमेलु लुकाकु, बेल्जियम
जारी विश्वकप फुटबल २०१८ को दाबेदार मानिएको बेल्जियमले म्याचविक २ मा ट्युनिशियालार्इ ५–० ले पराजित गरेको थियो। उक्त खेलमा बेल्जियमका लुकाकुले उत्कृष्ट खेल प्रस्तुत गर्दै २ गोल गरेका थिए। उक्त खेलमा लुकाकुको प्रदर्शनको अाधारमा उनलार्इ उत्कृष्ट फरवार्डको रुपमा चुनिएको छ।
फरवार्डः ह्यारी केन, इंग्ल्याण्ड
पछिल्ला सिजनहरु देखिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा लगातार गोल गर्दै अाएका इंग्ल्याण्डका कप्तान ह्यारि केनले विश्वकपमा नवप्रवेशी पानामाविरुद्ध ह्याट्रिक गरे। २ पेनाल्टिको मद्दतमा केनले ३ गोल गर्दा उनको राष्ट्रिय टोली इंग्ल्याण्ड ६–१ गोलअन्तरले विजयी भएको थियो। उनको उक्त खेलको प्रदर्शनका अाधारमा केनलार्इ पनि उत्कृ्ष्ट फरवार्डमा चुनिएको छ।