एजेन्सी, ११ असार – रुसी मिडफिल्डर डेनिस चेरिसेभ पूर्व रियल म्याड्रिडका फ्लप खेलाडी हुन्। तर, उनको रियल म्याड्रिडमा हुँदाको अवस्था र जारी विश्वकप फुटबलका २ खेलमा ३ गोलको लयमा अाकास जमिनको फरक देखिएको छ। उनका जारी विश्वकपका दिनहरु र बर्नाविउमा हुँदाका दिनहरुमा पनि धेरै परिवर्तन महसुस गरिएको छ।
२७ वर्षिय डेनिस चेरिसेभले यस समयका लागि अटुट् प्रतिक्षा गरेका छन्। चेरिसेभ वर्तमान समयमा त्यति प्रभावशाली रुसी राष्ट्रिय खेलाडीको रुपमा गनिने गरेक छैनन्। तर, उनी विश्वकपमा प्रतियोगिताकै स्टार खेलाडीको रुपमा उदाइसकेका छन्।
साउदी अरबविरुद्धको खेलमा चेरिसेभ शुरुवाती ११ मा समावेश नगरिए पनि बेन्चबाट अाएर पहिलो खेलमै अायोजक रुसका लागि २ गोल गर्दै सनसनी मच्चाएका थिए। उनले गरेका २ गोलमध्ये दोश्रो गोलमा देखिएको उत्कृष्ट नियन्त्रण तथा अचुक फिनिसिङको सम्मिश्रणले उनको क्षमता स्पष्ट रुपमा प्रस्तुत गर्छ।
त्यस्तै, इजिप्टविरुद्धको दोश्रो खेलमा पनि १ सुन्दर गोल गरेका चेरिसेभको यतिका समयसम्म बटुलेको अात्मविश्वास र अनुभवको फरक लय देख्न सकिन्छ।
२०१२ मा रुसी राष्ट्रिय टोलीमा डेब्यु गरेका चेरिसेभ २०१५ र २०१६ मा रुसी टोलीमा देखिएनन्। २०१४ विश्वकपको फाइनल टोलीमा नपरेका चेरिसेभ युरो २०१६ को एक महिना अगाडी फ्रान्सविरुद्ध भएको खेलमा घाइते भएपछि युरोकप पनि गुमाएका थिए।
चेरिसेभले साउदी अरबसँगको खेल पछि भावुक हुँदै भनेका थिए, 'मैले अहिले जस्तो हुन्छ भन्ने सपना कहिल्यै देखिँन। म राष्ट्रिय टोलीमा अटाएर यहाँ सम्म अाउन पाएकोमा धेरै खुशी छु।'
रुसमा जन्मिए, स्पेन भरि फुटबल खेले।
उनको खुवी तथा क्षमतालार्इ नियाल्दा रुसले प्रयोग गर्न नसकेको अनुमान अहिले हुन थालेको छ। चोटका कारण उनको विकासमा धेरै अवरोधहरु सिर्जना भएका थिए।
जस्को फल स्वरुप उनी विगतका वर्षहरुमा युरोपमा ढाैंटरी मार्न बाध्य भएका थिए। रुसमा जन्मिएका चेरिसेभ स्पेनमा हुर्केका हुन्। उनका बुबा डिमिट्री चेरिसेभ पनि स्पोर्टीङ गिजोनका लागि व्यवसायिक फुटबल खेल्ने गर्थे। ५ वर्ष गिजोनका लागि खेलेका डिमिट्री १० पटक रुसमा तर्फबाट मैदानमा उत्रेका थिए।
बुबासँगै फुटबल खेल्न थाले।
त्यस पश्चात डिमिट्री बुर्गोस सिफ्ट हुँदा डेनिस पनिसँगै गए र त्यही क्लबको एकेडेमीमा फुटबल खेल्न शुरु गरे। यद्यपी, उनी छिटफुट रुपमा गिजोनमै फुटबल खेल्न थालिसकेका थिए। बुबाले ५ वर्ष सिनियर टोलीमा फुटबल खेल्दै गर्दा चेरिसेभ पनि युवा स्टारको रुपमा उदाएका थिए।
९ वर्षमा प्रतिभाको कदर भयो, ११ वर्षमा रियलमा अाबद्ध भए।
वुर्गोसमै रहँदा उनको मैदानी प्रतिभाको कदर गर्दै क्यास्टियल र लियोन क्षेत्रिय टोलीले उनलार्इ खेल्ने माैका दिएका थिए। ९ वर्षको उमेरमै क्लबहरुलार्इ अाकर्षित गर्न सफल भएका चेरिसेभ ११ वर्षको उमेरमा २००२ मा रियल म्याड्रिडमा अाबद्ध भएका थिए। तर, २०१२ मा मात्र सिनियर टिममा डेब्यु गर्ने माैका पाएका थिए।
रियलबाट खेल्दा नकरात्मक मानेमा उनको सम्झनलायक पक्षमध्ये एक बन्यो कोपा डेल रे अन्तर्गत क्याडिजविरुद्धको खेल। जुन खेल पश्चात रियल म्याड्रिड डिस्क्वालिफाइड भएको थियो।
जब उनी भिलारियलमा लोनमा खेल्नका लागि पुगे त्यहाँ, उनले अघिल्लो सिजन ३ पहँलो कार्ड पाएका कारण प्रतिबन्धित भएका थिए। जुन समय एउटा खेलाडीका लागि सबै भन्दा पीडा जनक रह्यो। उनले मिडियका साचै समर्थकबाट समेत अालोचित हुनु परेको थियो।
३ क्लबमा लोन पश्चात अन्ततः रियल छोडे।
स्पेनिस क्लबहरु भ्यालेन्सिया, सेभिला र भिलारियलमा १–१ सिजन लोनमा बिताएका चेरिसेभले अन्ततः २०१६ मा रिलय छोड्दै भिलारियलमा स्थायी रुपमा अनुबन्धित भएका हुन्। भिलारियलले ७ मिलियन पाउण्ड जुन तत्कालीन समयमा एउटा खेलाडीको अन्यन्तै सस्तो मुल्य हो। तर, उनले चोटका बाबजुत भिलारियलमा पनि उत्कृष्ट खेल प्रस्तुत गरेका थिए।
भिलारियलमा २ सिजनमा २ गोल मात्र गर्नसफल भएका चेरिसेभले जारी विश्वकप फुटबलका २ खेलमै ३ गोल गर्दै अाफ्नो क्षमता प्रस्ट रुपमा देखाएका छन्।