एजेन्सी, ९ असार – विश्वकप फुटबलको १०अाैं दिन अाज पनि समुह चरणका ३ खेल हुँदैछन्। जारी विश्वकप फुटबलमा भोलीबाट समह चरणको दोश्रो राण्डपूरा हुनेछ र सोमबार देखि तेश्रो राण्डका खेल शुरु हुनेछन्।
तेश्रो राउण्डका खेलहरु २८ तारिख सम्म सकिनेछन् र नक अाउट खेल्ने १६ टिमको टुंगो लाग्दा घर फर्किने १६ टिमको पनि टुंगो लाग्छ। त्यस्तै, जुन ३० देखि नक अाउट चरणका खेलहरु शुरु हुनेछन्।
अाज हुने पहिलो खेलमा साँझ ५ः४५ बजे समुह जीको बेल्जियमले ट्युनिशियाको सामना गर्दैछ। बेल्जियमले पहिलो खेलमा पानामाविरुद्ध ३–० गोल अन्तरको जीत हातपारेको थियो। त्यस्तै, ट्युनिशियाले इंग्ल्याण्डविरुद्ध २–१ गोल अन्तरले पराजित भएको थियो। अाजको खेलमा जीत हात पार्न सके बेल्जियम नकअाउट चरणमा प्रवेश गर्नेछ।
त्यस्तै, अाज हुने समुह एफ अन्तर्गतको दोश्रो खेलमा दक्षिण कोरियाले मेक्सिकोको सामना गर्दैछ। पहिलो चरणको खेलमा दक्षिण कोरियाले स्वीडेनविरुद्ध १–० को पराजय व्यहोरेको थियो। त्यस्तै, मेक्सिकोले साबिक विजेता जर्मनीलार्इ १–० गोलले निराश पारेको थियो। अाजको दोश्रो खेल नेपाली समय अनुसार राति ८ः४५ बजे हुँदैछ।
म्याच डे १० को अन्तिम खेलमा अाज साबिक विजेता जर्मनीले स्वीडेनको सामना गर्दैछ। पहिलो खेलमा विजयी भएको स्वीडेन अाजको खेलपनि जित्दै अन्तिम १६ मा स्थान सुरक्षित बनाउन चाहन्छ। त्यस्तै, पहिलो खेलमा अप्रत्यासित पराजय व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा रहेको छ। जर्मनी र स्वीडेनबीचको खेल राति ११ः४५ बजे सोची स्थित फिस्ट स्टेडियमा हुँनेछ।