एजेन्सी ८ असार – रुसमा जारी विश्व कप फुटबलमा दाबेदार मानिएका राष्ट्रहरुले अाशा गरिए अनुसार प्रदर्शन गर्न सकेका छैनन् भने अप्रत्यासित राष्ट्रहरुले उपाधिमाथि दाबेदारी गर्न थालेका छन्।
उपाधिको सदाबहार दाबेदार र जारी संस्करणको पनि प्रबल दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा अाइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएर दोश्रो खेलमा क्रोएसियासँग ३–०को लज्जास्पद हार व्यहोरे पछि नक अाउटको सम्भावना न्युन रहेको छ।
अाज हुने पहिलो खेलमा पनि प्रथम खेलमा बराबरीमा रोकिएको ब्राजिलले कोस्टा रिकाको सामना गर्दैछ। नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुने खेलमा ब्राजिल जीतको खोजीसहित सेन्ट पिटर्सबर्ग मैदानमा उत्रिँदै छ।
अाजनै हुने अन्य खेलमा नाइजेरिया र आइसल्यान्ड तथा सर्बिया र स्वीट्रल्यान्ड अामनेसामने हुँदैछन्। समूह ‘डी’मा रहेको आइसल्यान्ड विश्वकपमा प्रथम पटक छनाैट भएको हो।
र, पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो। अाज हुने खेलले अर्जेन्टिनाको नकअाउट चरण प्रवेशको सम्भावना पनि निर्धारण हुनेछ।
यदि नाइजेरियालार्इ अाइसल्याण्डले पराजित गर्न सक्यो भने अर्जेन्टिनाको नकअाउटको सम्भावना लगभग समाप्त हुनेछ। त्यस्तै, नाइजेरियाले भने क्रोएसियाविरुद्ध २–० गोलअन्तरले पराजित भएको थियो।
त्यस्तै, समुह ‘इ’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो।
विश्वकप फुटबलको नवाैं दिन अाज हुने खेलहरुको विवरण।
समूह ‘इ’
पहिलो खेल – ब्राजिलविरुद्ध कोस्टारिका, साँझ ५ः४५ बजे
समूड ‘डी’
दोश्रो खेल – नाइजेरियाविरुद्ध आइसल्यान्ड –राति ८ः४५ बजे
समूह ‘इ’
तेश्रो खेल – सर्बियाविरुद्ध स्वीट्जरल्यान्ड – राति ११ः४५ बजे
उपाधिको सदाबहार दाबेदार र जारी संस्करणको पनि प्रबल दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमा अाइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएर दोश्रो खेलमा क्रोएसियासँग ३–०को लज्जास्पद हार व्यहोरे पछि नक अाउटको सम्भावना न्युन रहेको छ।
अाज हुने पहिलो खेलमा पनि प्रथम खेलमा बराबरीमा रोकिएको ब्राजिलले कोस्टा रिकाको सामना गर्दैछ। नेपाली समय अनुसार साँझ ५ः४५ बजे हुने खेलमा ब्राजिल जीतको खोजीसहित सेन्ट पिटर्सबर्ग मैदानमा उत्रिँदै छ।
अाजनै हुने अन्य खेलमा नाइजेरिया र आइसल्यान्ड तथा सर्बिया र स्वीट्रल्यान्ड अामनेसामने हुँदैछन्। समूह ‘डी’मा रहेको आइसल्यान्ड विश्वकपमा प्रथम पटक छनाैट भएको हो। र, पहिलो खेलेमा अर्जेन्टिनालाई १–१ को बराबरीमा रोक्दै सनसनी मच्चाएको थियो।
अाज हुने खेलले अर्जेन्टिनाको नकअाउट चरण प्रवेशको सम्भावना पनि निर्धारण हुनेछ। यदि नाइजेरियालार्इ अाइसल्याण्डले पराजित गर्न सक्यो भने अर्जेन्टिनाको नकअाउटको सम्भावना लगभग समाप्त हुनेछ।
त्यस्तै, नाइजेरियाले भने क्रोएसियाविरुद्ध २–० गोलअन्तरले पराजित भएको थियो समुह ‘इ’को पहिलो खेलमा सर्बियाले कोस्टा रिकालाई १–० ले हराउँदा अर्को खेलमा ब्राजिल स्वीट्रल्यान्जसँग १–१ को बराबरीमा रोकिएको थियो।