एजेन्सी, ७ असार – विश्वकप फुटबलको समुह चरणको दोश्रो राउण्ड अन्तर्गत समुह डी को पहिलो खेलमा अर्जेन्टिना र क्रोएशिया भिड्दै छन्।
पहिलो चरणका खेलहरुमा अर्जेन्टिना प्रथम पटक विश्वकपमा भित्रिएको अाइसल्याण्डसँग १–१ गोलको बरारीमा रोकिएको थियो। तर, क्रोएशियाले नाइजेरियाविरुद्ध २–० गोल अन्तरले विजयी भएको थियो।
२ पटकको विश्वकप विजेता अर्जेन्टिना प्रथम चरणमा अप्रत्यासित बराबरीमा रोकिएपछि नकअाउट चरण धराशायी बनिसकेको छ। समुह डीमा अाइसल्याण्ड, नाइजेरिया र क्रोएशियासँगै रहेको अर्जेन्टिनाले तुलनात्मक रुपमा सबैभन्दा कमजोर मानिएको अाइसल्याण्डसँग बराबरीमा रोकिएपछि दोश्रो चरण प्रवेशका लागि संघर्ष गर्नु पर्ने भएको हो।
यदि अाजको खेलम जीत हातपार्न सक्यो भने दोश्रो चरण प्रवेशको प्रबल सम्भावना हुनेछ भने, बराबरीमा रोकियो अर्थात् पराजित भयो भने लगभग समाप्त हुने छ। पछिल्लो खेलमा पेनाल्टि मिस गरेका मेसीलार्इ अाजको खेल गोल गर्दै गल्ती सुधार्ने माैकाको रुपमा हेरिएको छ।
विश्वकप फुटबलको छनाैट चरणमा पनि अन्तिम खेलमा गर वा मरको स्थितीमा इक्वेडरविरुद्ध ह्याट्रिक गरेर अर्जेन्टिनालार्इ विश्वकप सम्म डोर्याएका मेसी पनि पहिलो खेलमा जम्न सकेका थिएनन्।
क्रोएशिया निरन्तर राम्रो खेल प्रस्तुत गर्ने टोलीमा पर्छ सन्तुलित तथा क्रिएटिभ मिडफिल्ड भएको टोली अाज अर्जेन्टिनाविरुद्ध विजयी भए अर्जेन्टिनाको दोश्रो चरणको सपनामा बाधक बन्दै नकअाउट चरणमा प्रवेश गर्नेछ।
यस अघि ४ पटक अामनेसामने भएका खेलमध्ये २ खेल अर्जेन्टिनाले र १ क्रोएशियाले जित्दा १ खेल बराबरीमा टुंगिएको थियो। सन् १९९४ मा प्रथम पटक भएको खेल गोल रहित बराबरीमा टुंगिएको थियो। त्यस्तै, अन्तिम पटक २०१४ मा भएको खेल २–१ गोल अन्तरले अर्जेन्टिनाले अाफ्नो पक्षमा पारेको थियो।
अाजको खेल जित्नु अर्जेन्टिनाका लागि चुनाैती बनिसकेको छ भने, तुलनात्मक रुपमा क्रोएशिया कुनै दबाब बिना मैदानमा उत्रिने निश्चित छ। राति ११ः४५ बजे निज्नी नोभ्गोरोड स्टेडियमा हुने खेल निकै प्रतिस्पर्धात्मक हुने अाशा गरिएको छ भने, दबाबमा रहेको अर्जेन्टाइन अाक्रमणलार्इ रोक्नु क्रोएशियन रक्षापंतीका लगी चुनाैती हुनेछ।