एजेन्सी, ६ असार – विश्वकप फुटबल अन्तर्गत समुह चरणको दोश्रो राउण्ड हिजोबाट नै शुरु भइसकेको छ।
प्रथम चरणको अन्त्य तथा दोश्रो चरणको शुरुवातसँगै नकअाउण चरणमा प्रवेश गर्ने मुलुकहरुको टुंगो लाग्न थालिसकेको छ। मंगलबार राति सम्पन्न खेलमा पहिलो खेलमा साउदी अरबलार्इ हराएको अायोजक रुसले इजिप्टलार्इ २–१ गोलअन्तरले निराश पार्दै नकअाउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।
त्यस्तै, अाज हुने दोश्रो खेलमा समुह ए अन्तर्गत उरुग्वे र साउदी अरब भिड्दै छन्। प्रथम चरणको खेलमा साउदी अरबले उद्घाटन खेलमा रुस विरुद्ध ५–० गोलको लज्जास्पद पराजय व्यहोरेको थियो। त्यस्तै, उरुग्वेले भने इजिप्टविरुद्ध १–० गोलको कठिन जीत दर्ता गरेको थियो।
विश्वकप फुटबलको २ पटकको विजेता उरुग्वे र अन्तिम १६ मा एक पटक पुग्न सफल साउदी अरबबीच यस अघि भएका भिडन्तको नतिजा अविश्वसनीय रुपमा साउदीको पक्षमा रहेको छ। सन् २००२ मा प्रथम पटक भएको खेलमा साउदी अरब ३–२ गोल अन्तरले विजयी भएको थियो।
त्यस्तै, २०१४ मा भएको दोश्रो भिडन्त १–१ गोलको बराबरीमा टुंगिएको थियो। तर, यस अघिका सबै मैत्रीपूर्ण खेल भएकाले विश्वकपको प्रतियोगितात्मक खेलमा उरुग्वेले बाजी मार्ने अनुमान गरिएको छ।
यस संस्करणका अन्य कम अांकिएका राष्ट्रहरुको प्रदर्शनीलार्इ हेर्दा ठूला भनिएका राष्ट्रको सातो जान्छ। सोही क्रम अाजको साउदी अरब र उरुग्वेबीचको खेलमा पनि नदोहोरिएला भन्न सकिने अवस्था पटक्कै नरहेको फुटबल पण्डितहरुले बताएका छन्।
यदि अाजको खेलमा जीत सुनिश्चित गर्नसके उरुग्वे अन्तिम १६मा प्रवेश गर्नेछ भने पराजित भएमा साउदी अरब १ खेल अगाडीनै विश्वकप फुटबलको गणितीय हिसाबबाट बाहिरिने छ।