एजेन्सी, ६ असार – विश्वकप फुटबल अन्तर्गत समुह चरणको दोश्रो राउण्ड हिजोबाट नै शुरु भइसकेको छ।
प्रथम चरणको अन्त्य तथा दोश्रो चरणको शुरुवातसँगै नकअाउण चरणमा प्रवेश गर्ने मुलुकहरुको टुंगो लाग्न थालिसकेको छ। मंगलबार राति सम्पन्न खेलमा पहिलो खेलमा साउदी अरबलार्इ हराएको अायोजक रुसले इजिप्टलार्इ ३–१ गोलअन्तरले निराश पार्दै नकअाउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।
त्यसैगरि अाज हुने पहिलो खेल समुह बी अन्तर्गत पोर्चुगल र मोरक्कोबीच हुँदैछ। साँझ ५ः४५ बजे लुजनिकी स्टेडियममा हुने खेलमा पहिलो खेलमा र्इरानविरुद्ध १–० गोलअन्तरको झिनो पराजय व्यहोरेको मोरक्कोले स्पेनसँग संघर्षपूर्ण बराबरी खेलको पोर्चुगलको सामना गर्ने भएको हो।
स्पेनविरुद्धको खेलमा जादुमय प्रदर्शन गरेका पोर्चुगलका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पहिलो खेलमै ह्याट्रिक गरेर गोल्डेनबुट विजेताको सूचीमा दाबेदारी जनाइसकेका रोनाल्डोलार्इ रोक्नु अाज मोरक्कोको रक्षापंतीका लागि ठूलो चुनाैती रहने छ।
अर्को तर्फ पहिलो खेलमा इरानविरुद्ध पराजित भएपनि अन्य कम अांकिएका राष्ट्रहरुको प्रदर्शनलार्इ हेर्दा मोरक्को पनि कमजोर प्रमाणीत नभर्इ पोर्चुगलको स्ट्रेट नकअाउटको मार्गमा बाधक बन्न सक्छ।
अहिलेसम्मको यी २ राष्ट्रको अांकडालर्इ हेर्दा एकपटक मात्र भिडेको पाइन्छ भने, उक्त खेलको नतिजा ३–१ले मोरक्कोको पक्षमा रहेको थियो। सन् १९८६ को विश्वकपमै भिडेका पोर्चुगल र मोरक्को ३२ वर्ष पछि पुन अाज भिड्ने भएका छन्।
अाजको खेलमा पनि रोनाल्डोले स्कोरसीटमा नाम लेख्न सफल भएभने गोल्डेनबुटको दाैडमा उनी अन्य खेलाडी भन्दा २ पाइला अगाडी हुने छन्।
ह्यारी केन र लुकाकु जस्ता अन्य दाबेदार खेलाडीहरुले पनि २–२ गोल र डेनिस चेरेसेभले ३ गरिसकेका कारण उनको सर्वाधिक गोलकर्ताको सूचीको अग्रता जोगाउन गोल गर्नै पर्ने बाध्यता पनि रहेको छ।