एजेन्सी, ५ असार – विश्वकप फुटबलको पहिलो चरणको अन्तिम खेलमा अाज पोल्याण्ड र सेनेगल भिड्दैछन्। विश्वकपका २१ संस्करणमध्ये ८ प्रतियोगितामा सहभागिता जनाएको पोल्याण्डले २ पटक तेश्रो स्थान हासिल गरेको छ।
तर, २००६ मा समुह चरणबाटै बाहिरिएको पोल्याण्डले २०१० र २०१४मा छनाैट चरण पार गर्नसकेन। १२ वर्ष पछि विश्वकपमा पुन फर्किएको पोल्याण्डले अाज ८ः४५ मा स्पार्टक स्टेडियममा अफ्रिकी मुलुक सेनेगलविरुद्ध खेल्दै जारी प्रतियोगिताको शुरुवात गर्दैछ।
२००२ र २००६ मा संस्करणमा समुह चरण पारगर्न नसकेको पोल्याण्डले यसपटक पनि प्रतिस्पर्धात्मक मानिएको समुहमा उत्कृष्ट प्रदर्शनको खाँचो रहेको छ।
एकै वरियताका प्राय टोलीहरु सेनेगल, जापान तथा कोलम्बिया पनि पोल्याण्ड सम्मिलित समुह एच मा रहेका हुनाले नक अाउट चरणमा स्थान बनाउन कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
१९६६ देखि प्रथम पटक विश्वकप खेल्न लागेको सनेगलले अाज पोल्याण्डको सामना गर्दैछ। अहिले सम्म १ पटक मात्र छनाैट भएको सेनेगलको विश्वकप अनुभव यो नै दोश्रो पटक हो।
२००२ मा अफ्रिका कपको फाइनल सम्म पुग्नु बाहेक सेनेगलले राष्ट्रिय फुटबलमा खासै ठूलो उपलब्धि हासिल गर्न सकेको छैन। पहिलोपटक अामने सामने हुन लागेका यी २ राष्ट्रबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ भने नतिजा कस्को पक्षमा अाउने हो भनेर अनुमान लगाउन पनि मुस्किल छ।
जसको कारण हो यी २ टोलीहरुको एक अर्काको प्रदर्शनी प्रतिको अनविज्ञता। सेनेगलका लागि लिभरपुलबाट व्यवसायिक फुटबल खेल्ने सडियो माने अाजको खेलमा प्रभावशाली साबित हुन सक्ने अनुमान गरिएको छ।
त्यस्तै पोल्याण्डका लागि कप्तान रोवर्टो लेवान्डोस्की पोलिस टोलीको अाशातित नाम हो। छनाैट चरणका सर्वाधिक गोलकर्ता समेत रहेका लेवान्डोस्कीलार्इ रोक्नु सेनेगलको रक्षापंतीका लागि चुनाैतिको विषय बनेको छ।