एजेन्सी, ४ असार – विश्वकप २०१८ अन्तर्गत अाज हुने समुह जी अन्तर्गतको दोश्रो खेलमा १ पटकको विश्वकप विजेता इंग्ल्याण्डले २००६ यता प्रथम पटक विश्वकप खेल्न लागेको ट्युनिशियासँग खेल्दै छ।
विश्वकपको सदाबहार दाबेदार राष्ट्र इंग्ल्याण्डले १९६६ संस्करणमा वेस्ट जर्मनीलार्इ फाइनलमा ४–२ गोलअन्तरले पराजित गर्दै अायोजक अाफैँ विजेता बने पश्चात उक्त नतिजा दोहोर्याउन सकेको छैन।
विश्वमै सर्वाधिक लोकप्रिय राष्ट्रियल फुटबल लिग प्रिमियर लिगको अायोजना प्रत्येक वर्ष गरेता पनि अन्तर्राष्ट्रिय फुटबलमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकेको छैन।
१ पटकको विजेता टोली इंग्ल्याण्डले अहिलेसम्म ५ पटक क्वाटरफाइनलमा टुंग्याएको थियो भने १ पटक सेमिफाइनल सम्म पुगेको थियो। विश्वकप २०१४ को विश्वकपमा पनि प्रवल दाबेदार मानिएको इंग्ल्याण्ड समुह चरणनै पार गर्न सकेको थिएन।
यस पटक युवा प्रशिक्षक गेराथ साउथगेटको नेतृत्वमा रहेको युवा तथा क्षमतावान् टोलीबाट अघिल्ला संस्करणमा भन्दा बढी अाशा इंग्ल्याण्डका समर्थकले गरेका छन्।
सबै खेलाडीहरु उत्कृष्ट लयमा रहेका हुनाले निश्चयनै अाक्रामक ढंगले मैदानमा प्रस्तुत हुने अनुमान गरिएको छ। फ्रन्टलाइनका स्ट्राइकर तथा कप्तान ह्यारी केन, डेले अलि, जिस्से लिङगार्ड, राहिम स्टर्लिङ देखि लिएर रक्षापंतीका केइल वालकर, ड्यानी रोज जस्ता खेलाडीहरु पनि गोल गर्न सक्ने क्षमता राख्ने हुनाले ट्युनिशियाविरुद्ध गोलको वर्षात् गराउने अनुमान गरेका समर्थक पनि अाइसल्याण्ड, मेक्सिको तथा स्वीटजरल्याण्ड जस्ता राष्ट्रले यसै संस्करणका गरेको प्रदर्शनलार्इ लिएर सचेत बनेका छन्।
विश्वकप फुटबलका २१ संस्करण मध्ये ५ प्रतियोगितामा सहभागिता जनाएको ट्युनिशियाले समुह चरण पार गर्न सकेको छैन।
जर्मनीमा अायोजित २००६ विश्वकप देखि २०१० र २०१४ का श्रींखलामा छनाैट चरण पार गर्न नसकेको ट्युनिशियाले १२ वर्ष पछि नयाँ जोस र जाँगरका साथ अफ्रिकाबाट समुह ए को विजेता बन्दै विश्वकपको यात्रा तय गरेको हो।
छनाैट चरणमा कङ्गो, लिविया र गिनुवालार्इ पछाडी धकेलेर रुसको बाटो तताएको ट्युनिशियाले पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध निकै संघर्ष गर्नु पर्ने अनुमान फुटबल पण्डितहरुले गरेका छन्।
सन् १९९० मा भएको पहिलो भेटमा इंग्ल्याण्ड र ट्युनिशियाले १–१ गोलको बराबरी खेलेका थिएभने, अन्तिम पटक १९९८ मा भएको खेलमा इंग्ल्याण्डले २–० ले नतिजा अाफ्नो पक्षमा पारेको थियो। जम्मा २ पटक मात्र अामनेसामने भएका यी २ टोली अाज तेश्रो पटक भोल्गोगार्ड स्टेडियममा भिड्दै छन्।