एजेन्सी, ४ असार – रुसमा जारी विश्वकप फुटबलको पाँचाैं दिन अाज राति ८ः४५ बजे फिस्ट स्टेडियममा स्टार खेलाडीले भरिएको बेल्जियमले विश्वकपमा पहिलो पटक छनाैट भएको पानासँग खेल्दै छ।
युरोपका प्रतिष्ठित क्लबहरुमा व्यवसायिक फुटबल खेल्नै स्टार खेलाडीहरु टिम बेल्जियमका मैदानी हतियार हुन् भने विश्वभरी फैलिएका समर्थकहरु मैदान भन्दामाथिको प्रेरणा हो।
विश्वकै कम अालोचक भएको फुटबल टिमको रुपमा चिनिएको बेल्जियमका लागि यस्तो हुनु युरोपभरी फैलिएका खेलाडीहरुको देन हो। विश्वकपको अघिल्लो संस्करणमा क्वाटरफाइनलसँग पुगेको बेल्जियम अर्जेन्टिनासँग १–० गोलको झिनो अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गर्दै अाएको रेड डेभिल्स उपनामले परिचित बेल्जियमले युरोकप २०१६ मा पनि क्वाटरफाइनल सम्म पुगेको थियो।
उपाधि दाबेदार मानिएको बेल्जियमले अाज नवप्रवेशी राष्ट्र पानामासँग खेल्दै उपाधि होडमा सहभागिता जनाउँदै छ। सधैँ राम्रो खेलेर पनि राष्ट्रिय प्रतियोगिताहरुमा सफलता हासिल गर्न नसक्नु बेल्जियमको नराम्रो पक्षको रुपमा लिइन्छ। तर, स्पेनिस फुटबल टिमलार्इ पनि २००८ अगाडी सम्म यसै स्थानमा राखेर हेरिएको थियो।
जसपश्चात, स्पेनले विश्व फुटबल र युरोपियन फुटबलमा २००८ देखि २०१२ सम्म एकलाैटी राज गरेको थियो। सोही अवस्था दोहोर्याउन मुस्किल भएता पनि विश्वकपको दाबेदारको रुपमा बेल्जियलार्इ हेरिएको छ। स्पेनको २००८ देखी २०१२ सम्मको शैली दोहोर्याउन बेल्जियमले अाजबाटै शुरुवात गर्नु अावश्वक छ।
खेलाडीका साथसाथै प्रशिक्षक पनि क्षमतावान् मानिने बेल्जियमका प्रशिक्षक रोवर्टो मार्टिनेज राम्रो फर्ममा रहेका र अनुभवी मिडफिल्डर राड्जा न्याङ्गोल्यानलार्इ विश्वकपको टोलीमा समावेश नगरेका कारण अालोचित भएका थिए। मानिसिक र नेतृत्वका हिसाबले गनिने मार्टिनेजले अाफ्नो टिम छनाैटमा न्याङ्गोल्यानलार्इ समावेश नगर्नुको उत्तर अाउँदा खेलमा दिनुपर्ने दबाब रहेको छ।
विश्वकप फुटबलका पछिल्ला संस्करणहरुमा दिनानु दिन अप्रत्याशित टोलीहरुले अविश्वसनीय प्रदर्शन गर्दै चकित नतिजा निकाल्दै अाएका छन्। विश्वकप २०१४ मा कोस्टारिकाले यस्तै प्रदर्शन गरेको थियो भने, जारी सिजनमा पनि मेक्सिको र स्वीटजरल्याण्डले सोही क्रमलार्इ निरन्तर्ता दिएका छन्।
मेक्सिकोले साबिक विजेता जर्मनीलार्इ १–० गोलअन्तरले निराश पार्यो भने ५ पटकको विश्व विजेता ब्राजिललार्इ स्वीटजरल्याण्डले खेलमा जम्न दिएन। जस्को फलस्वरुप १–० को पहिलो हाफको अग्रता जोगाउन नसक्दा ब्राजिल पनि बराबरीमा चित्त बुझाउन बाध्य बन्यो। यस्तै अप्रत्याशित नतिजा अाज हुने बेल्जियम र पानमाबीचको खेलबाट पनि अाउँदैन भन्न सकिँदैन।
विश्वकपमा सेमिफाइनल सम्म पुगेको बेल्जियमको विरुद्धमा अाज उत्रिने टोली पानामा विश्वकपका लागि एकदमै नयाँ नाम हो। सन् १०७८ देखि लगातार विश्वकप छनाैट खेलिरहेको पानामा ४० वर्षपछि विश्वकपको खुट्किला टेकेको पानामालार्इ तुलनात्मक रुपमा कमजोर मानिएको छ।
तर, अर्को नवप्रवेशी अाइसल्याण्डले अर्जेन्टिनाविरुद्ध गरेको प्रदर्शनले विश्वलार्इ चकित मात्र पारेन कि यस्ता नवप्रवेशी र कम अांकिएका टोलीहरुको मनोवल समेत बढाएको छ। विश्वकप छनाैटमा संयुक्त राज्य अमेरिका, होण्डुरश जस्ता टोलीहरुलार्इ पछाडि पार्दै मेक्सिको र कोस्टारिकासँगै विश्वकप यात्रा तय गरेको टोली हो पानामा।
पहिलो पटक अामनेसामने हुन लागेका यी दुर्इ टोलीहरु एकअर्काको खेल्ने शैली प्रति अनविग्य भएका कारण नतिजा जसको पक्षमा पनि अाउन सक्ने अनुमान गरिएको छ।