एजेन्सी, ३ असार – विश्वकप फुटबलको डिफेण्डिङ च्याम्पियन जर्मनीले अाज २०१२को अोलम्पिकको गोल्डमेडलिस्ट मेक्सिकोको सामना गर्दैछ।
ब्राजिलमा सम्पन्न विश्वकप २०१४मा अन्य टिमभन्दा जर्मनीले अाफ्नो सामर्थ्य २ फरक माध्यमबाट साबित गरेको थियो। जस्को १ कारण विश्वकपको समग्र यात्रा रह्यो भने, अर्को कारण विश्वकपको उपलब्धि रह्यो।
उक्त विश्वकपमा जर्मनीले सेमिफाइनल सम्म निर्धारित समय र फाइनलमा अतिरिक्त समयमा खेलको नतिजा अाफ्नो पक्षमा पार्न सफल भएको थियो।
सो विश्वकपको सेमिफाइनलमा घरेलु टोली तथा अायोजक ब्राजिललार्इ ७–१ गोलको भारी बोकाएको जर्मनीले गत वर्ष फिफा कन्फेडरेसन कपको फाइनलमा कोपा अमेरिका च्याम्पियन चिलीलार्इ पराजित गरेको थियो।
अाज हुने खेलमा बिनासंकोच जर्मनीलार्इ बलियो मानिएता पनि फिजिकल गेममा जस्तो सुकै टिमलार्इ टक्कर दिने सामर्थ्य बोकेको मेक्सिकोलार्इ पनि कमजोर मान्न सकिन्न।
तर, अहिले सम्म यी दुर्इ टिमबीचको नतिजालार्इ हेर्दा जर्मनीको पक्षमा एकलाैटी रहेको छ। यस अघिका सबै (३ पटक) नतिजा जर्मनीले अाफ्नो पक्षमा पारेको छ।
सन् २०१२ मा लण्डनमा अायोजित अोलम्पिकमा ५ पटकको विश्व विजेता ब्राजिललार्इ पराजित गरेको मेक्सिकोले २०१४ विश्वकपमा प्रि–क्वाटरफाइनलमा तेश्रो स्थान सम्म पुगेको नेदरल्याण्डससँग पराजित भएको थियो।
जर्मनी र मेक्सिकोबीचको खेल नेपाली समय अनुसार अाज राति ८ः४५ बजे रुसको राजधानी मस्कोमा अवस्थित लुजनिकी स्टेडियममा हुँदैछ।
विश्वकप फुटबलको डिफेण्डिङ च्याम्पियनको यात्रालार्इ हेर्दा पछिल्लो समय साबिक विजेताको पक्षमा पाइँदैन। २०१० को विश्वकप विजेता स्पेनले २०१४ मा समुह चरण नै पार गर्न सकेन भने, २००६ को विजेता इटालीले पनि २०१० मा त्यही दशा व्यहोरेको थियो।
पछिल्लो समयको डिफेण्डिङ च्याम्पियनको खेल हेर्दा अाजको खेलमा जर्मनीले अग्नि परिक्षा दिनुपर्ने अनुमान समस्त फुटबल समर्थकले लगाइसकेका छन्। जर्मनी सम्मिलित समुह 'एफ'मा स्वीडेन, मेक्सिको तथा दक्षिण कोरिया रहेका छन्।