काठमाडाैं, ३१ जेठ – बहुप्रतिक्षित तथा सर्वाधिक लोकप्रिय खेल फुटबलको महाकुम्भ विश्वकप २०१८ आजबाट रुसमा शुरु हुँदैछ। लुजनिकी स्टेडियममा हुने उद्घाटनमा नेपाली समय अनुसार ८ः४५ मा अायोजक राष्ट्र रुसले एशियाली राष्ट्र साउदी अरबको सामना गर्दैछ।
आयोजक रुसले रक्षापंक्तिका पहिलो रोजाइका केही खेलाडीलार्इ चोटका कारण गुमाउने बताइएको छ। तर, साउदी अरेबियाको रक्षापंक्तिमा पनि उमेर ढल्किसकेका खेलाडीहरुको बाहुल्यता रहेका कारण कस्को रक्षापंती कमजोर साबित हुने हो भन्ने कुरा हेर्न बाँकी नै छ। दुवै टोलीको रक्षापंती उत्कृष्ट नमानिएकाले धेरै गोलको सम्भावना रहेको फुटबल पण्डितहरुले बताएका छन्।
विश्वकप २०१८ को उद्घाटन खेलका सम्भावित ११ खेलाडीहरु
टिम रुस: इगोर एकिनफिभ, कुड्र्याशोभ, कुटेपोभ, ग्रानाट, झिरकोभ, गोलोभिन, झोबनिन, सामेडोभ, मिरानचुक, जागोएभ, स्मोलोभ
टिम साउदी अरेबिया: अल-माउफ, अल-हार्बि, ओमार हसवी, ओसामा हसवी, अल-शाहरानी, ओटेफ, अल-फाराज, अल-दवसरी, अल-जसिम, अल-सेहरी, अल-सलवी
कुन च्यानलले गर्छ प्रत्यक्ष प्रसारण?
नेपाल टेलिभिजन, कान्तिपुर, सोनी लिभ, एक्सन स्पोर्ट्स, सोनी इएसपिएन, सोनी टेन २।
प्लेयर्स टू वाचः फेडोर स्लोमोभ, रुस
प्लेयर्स टू वाचः फहाद अल मुवाल्लाद, साउदी अरब