एजेन्सी, ११ असार – निवर्तमान नेपोलीका प्रशिक्षक माउरिज्यो सारीले यसै हप्ता चेल्सीका वर्तमान प्रशिक्षक एन्टोनियो कोन्टेलार्इ प्रतिस्थापन गर्दै छन्।
चेल्सीमा २ वर्ष बिताएका कोन्टेले अाएकै सिजन प्रिमियर लिग जिताएका थिए भने, गत सिजन लिगमा शीर्ष ४ मा पार्न असफल भएपनि राष्ट्रिय स्तरको एफ ए कप जिताएका थिए।
शीर्ष ४ मा पर्न नसकेका कारण चेल्सीले अाउँदो सिजनमा च्याम्पियन्स लिग गुमाउँदै, युरोपा लिगमा चित्त बुझाउने छ। अाशा गरे जस्तो नतिजा नपाए क्लबका प्रशिक्षकलार्इ सिधै बर्खास्त गर्दै अाएका चेल्सीका मालिक रोमन एब्रोमोभिकले पछिल्लो १० वर्षमा ११ प्रशिक्षक परिवर्तन गरिसकेका छन्।
अाउँदो सिजनका लागि एन्टोनियो कोन्टेको पनि प्रतिस्थापन गर्न लागेका एब्रोमोभिकले माउरिज्यो सारीलार्इ भित्र्याउने लगभग निश्चित भइसकेको छ भने, यहि हप्ता इटालियन प्रशिक्षक सारीले कोन्टेबाट क्लबको जिम्मेवारी बहन गर्ने बताइएको छ।
जिम्मेवारी पश्चात सारीले चेल्सीको ट्रेनिङ ग्राउण्डमै बस्न चाहेको बताएका छन्। अर्थात् सारी अफ ड्युटिमा पनि कोबाम चेल्सी ग्राउण्ड परिसरमै रहने छन्।
सारीले चेल्सी प्रशिक्षकको जिम्मेवारी बहन गरेपछि सम्भावित प्रथम अनुबन्ध इटालीका सेन्टरब्याक डेनिले रुगानी हुन सक्ने बताइएको छ। अाउँदो सिजनका लागि कोही पनि खेलाडी अहिले सम्म अनुबन्ध गरेको छैन।
नेपोलीका बेल्जियन फरवार्ड मर्टेन्स लार्इ पनि सारीले चेल्सीमा भित्र्याउन चाहेको बताएका छन्।