काठमाडौं, २८ जेठ – बिहीबारबाट शुरु हुने विश्वकपमा सहभागी हुने र समर्थकका हिसाबले धनी राष्ट्र हो, अर्जेन्टिना। नेपालमा पनि अर्जेन्टिनी फुटबलका प्रशस्तै समर्थकहरु रहेका छन्।
विश्वभरी रहेका समर्थकहरुले अर्जेन्टिनाले विश्वकप जित्नेमा विस्वस्त रहेको धारणा सार्वजनिक गरिरहँदा अर्जेन्टिना फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले विश्वकपको सेमिफाइनलमा मात्र पुग्ने टीमले लक्ष्य लिएको बताएका छन्।
सन् २०१४ मा ब्राजिलमा भएको यस भन्दा अघिको संस्करणको उपविजेतालाई रुसमा हुने विश्वकपको प्रबल दाबेदार मानिएको छैन। छनाैट चरण नै मुस्किलले पार गरेको टोलीले प्रथम रोजाइका गोलकिपर चोटका कारण गुमाए पछि दुर्भाग्य भएको टिका–टिप्पणी भइरहेका छन्।
त्सपछि पुन अशा गरिएका अक्रामक शैलीका मिडफिल्डर म्यान्युयल ल्यान्जिनीले पनि विश्वकप गुमाउने भएपछि झनै ठूलो झड्का अर्जेन्टाइन टोलीलार्इ लागेको थियो।
अर्जेन्टिनाका लागि सेमिफाइनल नै वास्तविक लक्ष्य रहेको तापियाको भनाइ छ। समूह डीमा अर्जेन्टिनाका प्रतिस्पर्धीहरू आइसल्यान्ड, क्रोएशिया र नाइजेरिया रहेका छन्।
कोपा अमेरिकाको फाइनलमा पराजित भएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका स्टार खेलाडी लियोनेल मेसीले पुनः विश्वकपमा अर्जेन्टिनाको नेतृत्व गर्दैछन्। व्यवसायिक रुपमा बार्सिलोनामा सफल रहेका मेसी अहिले सम्म राष्ट्रको नायक साबित हुन सकेका छेनन्।
रुसको विश्वकप नै आफ्नो अन्तिम विश्वव्यापी प्रतियोगिता हुने उनले संकेत यस अघिनै दिसकेएका छन्। तापियाले बार्सिलोनाका सुपरस्टार मेसीको चर्को प्रशंसा गर्दै उनी संसारकै सर्वोत्कृष्ट फरवार्ड भएको दाबी गरेका छन्।
अर्जेन्टिनाले विश्वकपको पहिलो खेल शनिवार मस्कोमा पहिलो पटक विश्वकपमा छानिएको राष्ट्र आइसल्यान्डविरुद्ध खेल्दैछ।