नेपाल आईस आन फुटसको उपाधि भोग एड एण्ड इभेन्ट प्रा.लिले जितेको छ । सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोगले  उपाधि उपाधि उचालेको हो ।
भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे । यसैगरी मिडिया बास्केटका तर्फबाट उर्गेन शेर्पाले एक गोल फर्काएका थिए । तेस्रो स्थान  बराह ज्वेलर्सले हात पारेको छ ।
फाइनल प्रवेशका लागि मिडिया वास्केट र बराज ज्वेलर्स भिड्दा पराजित भएको बराह तेस्रो भएको हो । मिडिया बास्केटले ६–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता भोगले नगद  १ लाख सहित रनिङ शिल्ड हात पारेको छ । यसैगरी उप विजेता भएको मिडिया बास्केटले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।  तेस्रो भएको  बराह ज्वेलर्सले ५० हजार पायो । 
प्रतियोगितामा बराह ज्वेलर्सका  अनुप शंकर र भोगका रोनिश श्रेष्ठले  संयुक्तरुपमा सर्वाधिक गोलकर्ताले अवार्ड पाए । दुवै जनाले प्रतियोगिता अवधिभर ११–११ गोल गरेका थिए । यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वेलकम एडभर्रर्टाईजिङ मार्केटिङको विशाल शाहीले पाए । शाहीले गत वर्ष पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएका थिए ।
यसैगरी फेयर प्ले अवार्ड सर्वोत्तम सिमेन्ट र वेस्ट सपोटर्स  नयाँ पत्रिका र  फस्ट रजिस्र्टर्ड टिम अवार्ड  मार्स प्रा.लिले पाएका छन् । विजेता खेलाडीलाई ट्रफी तथा सहभागी टिम र सहयोग गर्नेहरुलाई टोकन अफ लभ 
 चौधरी गु्रपका वरिष्ठ महाप्रबन्धक प्रदीप पुडासैनी, प्रवन्धक लालबाबु प्रसाद, नेपाल मेडिसिटीका डाइरेक्टर विजय रिमाल, आनका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, प्रथम उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिब राजु कुँइकेल, कोषाध्यक्ष विजय पोखरेल,  फुटसल प्रतियोगिता समितिका संयोजक सन्तोष खड्का लगाएतले पुरस्कार वितरण गरेका थिए । 
प्रतियोगिताको टाईटल स्पोनसरको रुपमा नेपाल आईस पावर्ड बाई सिजी सिमेन्ट र हस्पिटल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पताल रहेका थिए ।