काठमाडाैं, २० असोज — टेकिङ स्पोर्टस् टु द नेक्स्ट लेभल भन्ने मूल नाराका साथ स्थापना भएको एन एस एफ स्पोर्टस् ग्रुपद्वारा अायोजित १८ अाैं एसियाली खेलकुदमा पदक प्राप्त गर्न सफल एवम् प्रतिभावान् तथा संघर्षशील खेलाडीहरुलार्इ सम्मान कार्यक्रम होटल अन्नपूर्णमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको प्रमुख अातिथ्यता तथा एन एस एफ स्पोर्टस ग्रुपका अध्यक्ष एसपी त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एसियाली खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुका साथै बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीहरुलार्इ सम्मान पनि गरिएको हो । त्यस्तै, प्रतिभावान् खेलाडी एलिशा खड्की तथा संघर्षशील खेलाडी सम्झना ठकुरी शाहीलार्इ पनि खदा अाेडाउनका साथै सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यस्तै, निरन्तर चार दशक देखि नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याउँदै अाउनु भएका वरिष्ठ फोटो पत्रकार श्याम चित्रकारलार्इ पनि नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
सो कार्यक्रममा उपस्थित समाजसेवी तथा खेलकुद प्रति अाैपचारिक तथा अनाैपचारिक तबरले योगदान पुर्याउने व्यक्तित्वहरुलार्इ पनि सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिले सम्बोधनका क्रममा अाफ्नो विद्यार्थी जीवनमा भारतमा रहँदा विश्वविद्यालयमा पढ्दा फुटबल टोलीको प्रतिनिधित्व गरेको अनुभव पनि सुनाउनु भएको थियो । र, एन एस एफ स्पोर्टस् ग्रुपले अत्यन्तै पसंशनीय कार्यक्रम गरेको भन्दै अाउँदो दिनका लागि पनि उत्तरोतर पग्रतिको कामना पनि व्यक्त गर्नुभएको थियो ।
सभापतिले सभाको समापनमा बोल्दै कार्यक्रमको शोभा बढाइदिनु हुन उपस्थित हुनुभएका सम्पूर्णलार्इ धन्यवाद दिँदै अाउन लागेको विजया दशमी, शुभ दिपालवी तथा छैठ पर्वको शुभकामना पनि व्यक्त गर्नुभएको हो ।
सम्मानका क्रममा बंगलादेशमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियन्सीपमा स्वर्ण तथा रजत पदक विजेता खेलाडी तथा अफिसियलहरुलार्इ पनि सम्मान गरिएको हो ।
सम्मानीत हुने खेलाडीहरुमा रोशन श्रेष्ठ (रजत पदक) कमल भुजेल (रजत पदक)जेमिन महर्जन (स्वर्ण पदक)जीत बहादुर श्रेष्ठ (रजत पदक) प्रकाश थापा मगर (रजत पदक) विश्व कल्यान लामा (रजत पदक) रहेका थिए । त्यस्तै, अफिसियल टिममा नरेन्द्र प्रसाद सुकुभटु (टिम व्यवस्थापन) सोम दोङ्ग (टिम व्यवस्थापक) डा. ऋृषि लामा (टिम प्रशिक्षक) शहदेव राजवंशी (टिम लिडर) रहेका छन् ।
एसियाली खेलकुदमा रजत पदक विजेता प्याराग्लाइडिङका खेलाडीको अनुपस्थितिका कारण नेपाल प्याराग्लाइडिङ संघका उपाध्दक्ष फत्तबहादुर गुरुङले सम्मान पत्र ग्रहण गर्नु भएको हो ।