Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • ‘ए’ डिभिजन लिगको तयारी पूरा : ‘म्याच फिक्सिङ’ रोक्न एन्फा सजग
‘ए’ डिभिजन लिगको तयारी पूरा : ‘म्याच फिक्सिङ’ रोक्न एन्फा सजग
उमेश दाहाल
उमेश दाहाल शुक्रबार, असोज १२, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, १२ असोज — पाँच वर्षको अन्तरालपछि यही शनिबारबाट सुरु हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा म्याच फिक्सिङ (खेल मिलेमतो) जस्ता घटना हुन नदिन अखिल नेपाल फुटबल संघ (एन्फा) ले विशेष व्यवस्था गर्ने भएको छ। एन्फाअन्तर्गत लिग समितिले म्याच फिक्सिङको घटना हुन नदिन मैदानमा सीसी क्यामेरा जडान गरिनुका साथै इन्टिग्रिटी अफिसरमार्फत त्यसको निगरानी गरिने र त्यसबारे जनचेतना जगाउन पर्चासमेत प्रयोग गरिने जनाएको छ।

‘म्याच फिक्सिङको घटनालाई सामान्य रूपमा लिन सकिँदैन। यो विभिन्न स्तर र चरणमा हुन सक्छन्’, बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा लिग समितिका संयोजक विज्ञानराज शर्माले भने, ‘हामीले म्यान फिक्सिङका यस्ता सबैखाले घटना रोक्न हदैसम्मको तयारी गरेका छौं।’ एन्फाले लिग फुटबलका लागि पूर्वडीआईजी सुदीप आचार्यलाई इन्टिग्रिटी अफिसरको रूपमा नियुक्त गरेको छ। उनको मुख्य जिम्मेवारी खेल मिलेमतोलगायतको घटना हुन नदिने हुनेछ।

लिग संयोजक शर्माले म्याच फिक्सिङलगायतका घटनामा प्रभावकारी तरिकाले अनुसन्धान गर्न इन्टिग्रिटी अफिसरलाई वैदेशिक प्रशिक्षणमा पठाइएको र त्यहाँबाट फर्किएपछि क्लबहरूलाई पनि यस विषयमा प्रशिक्षण दिइएको बताए। उनले आफूहरूको प्रयासका बाबजुद म्याच फिक्सिङका घटना भएको पाइए त्यसमा संलग्न कसैलाई पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले व्यवस्था गरेअनुसार आजीवन प्रतिबन्धसम्मको कारबाही गरिने बताए।

‘हामीले खेल मिलेमतोको घटना रोक्नका लागि धेरै नै प्रयास गरेका छौं। क्लबहरूलाई यसअघि नै जानकारी दिएर सचेत समेत गराइसकेका छौं’, शर्माले भने, ‘यसका बाबजुद यस्ता कुनै पनि घटना भेटिए, हामी फिफा र एएफसीको व्यवस्थाअनुसार फुटबलबाट आजीवन प्रतिबन्धसम्मको कारबाही गर्नेछौं।’ उनले ‘ए’ डिभिजन लिगका खेलहरू सञ्चालन हुने सातदोबाटोस्थित आफ्नै मैदान र हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा दुई÷दुईवटा सीसी क्यामेरा जडान गरिएको जानकारी दिए।

लिग संयोजक शर्माले शनिबारबाट सुरु हुने लिगको सम्पूर्ण तयारी पूरा भएको जानकारी पनि दिए। शर्माले लिगका लागि खेलाडी दर्तादेखि अन्य प्राविधिक तयारीसमेत पूरा भएको बताए। सातदोबाटो मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एनआरटी भिड्ने छन्। उद्घाटन खेलअघि ४५ मिनेटको सांगीतिक कार्यक्रमसमेत गरिने उनले बताए। आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच खेल हुनेछ।

नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्ड कप खेल्न बंगलादेश जाने भएकाले लिगका त्यसपछिका खेल भने केही समय रोकिने छन्। एन्फाका महासचिव इन्द्रमान तुलाधरले नेपाली टोली बंगबन्धु गोल्ड कपबाट फर्किएलगत्तै प्रतियोगिताका बाँकी खेलहरू सञ्चालन गरिने जानकारी दिए। ‘बंगबन्धु गोल्ड कपमा नेपाली टोली समूहगत चरणमै रोकिए हामी दसैंअघि दुई चरणका खेल सम्पन्न गर्ने गरी खेलतालिका सार्वजनिक गर्नेछौं। नेपालले फाइनलमै पुगेमा दसंैअघि पहिलो चरणको खेल हुनेछ’, तुलाधरले भने।

लाइसेन्सिङ प्रणाली ७० प्रतिशत

एन्फा महासचिव तुलाधरले एन्फाले क्लब लाइसेन्सिङ प्रणाली लागू गर्ने प्रक्रिया ७० प्रतिशत पूरा भएको जनाएका छन्। उनले बाँकी प्रक्रिया पनि चाँडै पूरा हुने जानकारी दिए। ‘तयारीका लागि समय अभाव भएका कारण क्लब लाइसेन्सिङ प्रणाली लागू गर्न केही समस्या भएको हो। यद्यपि खेलाडी दर्ता, प्रशिक्षक र म्यानेजरलाई समेत सम्झौता गर्नुपर्ने प्रायः सबै व्यवस्था पूरा गरेका छौं’, तुलाधरले भने, ‘यही सिजन एएफसी कप खेल्नका लागि समेत लाइसेन्सिङ प्रणाली लागू गर्नुपर्ने बाध्यता छ।’

एएफसीले यो सिजनबाट आफ्ना सबै सदस्य राष्ट्रलाई क्लब लाइसेन्सिङ प्रणाली लागू गरेको छ। जुन प्रणालीमा लिग खेल्ने सबै क्लबको आफ्नो छुट्टै खेलमैदान हुनुपर्ने, युवा र महिला टोलीसहित एकेडेमी हुनुपर्नेलगायतका जटिल प्रावधान राखिएको छ। महासचिव तुलाधरले क्लबहरूले अहिले अभ्यास गरिरहेका मैदानलाई नगरपालिकाले उनीहरूको मैदान हो भनेर प्रमाणपत्र दिए समस्या नहुने उल्लेख गरे। त्यस बाहेकका सबै प्रक्रिया पूरा रहेको पनि उनले बताए।


प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  ११:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य सोमबार, जेठ ११, २०८३
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि शुक्रबार, जेठ ८, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
Navodit College Navodit College
ताजा समाचार
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य
एसियाली पारा तेक्वान्दोमा पलेशालाई कांस्य खेलकुद मञ्‍च
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि खेलकुद मञ्‍च
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि खेलकुद मञ्‍च
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन
नागरिक उड्डयन र ग्लोबल आईएमइ च्याम्पियन आइतबार, जेठ १०, २०८३
काभ्यालाई यु–१६ फुटसल उपाधि
काभ्यालाई यु–१६ फुटसल उपाधि आइतबार, जेठ १०, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्