काठमाडाैं, २ असोज — सुन र नुन उस्तै मुल्य हुन्थ्यो विकट जुम्लालाई कुनै बेला, उनी अर्थात् अल्ट्रा धायिका सुनमाया बुढा भन्दै थिइन् "बुबाले तीन दिन लगाएर नुन र अन्य खानेकुराहरु आछाम बाट ल्याउनु हुन्थ्यो अझै सम्झना ताजै छ विकासको रफ्तारले अहिले त्यति कस्टकर जीवन व्यथित गर्नु पर्दैन ।"
जुम्लाको विकट गाउँ पातारासी गाउँपालिका पेरेमा वि.सं. २०५५ मा बुबा गोरा बहादुर बुढा र आमा मुनकाली बुढाको सात छोरी र एक छोराको बिचमा उनी हुर्केकी हुन् । सामान्य परिवारमा जन्मेर मुलकको नाम अन्तर्राष्ट्रिय जगतमा पटक—पटक स्वर्ण गर्ने महिला खेलाडी सुनमाया बुढा यतिखेर चर्चाको शिखरमा छिन् ।
चीनमा गत ९ मार्च २०१८ मा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा प्रथम भएकी थिइन्, विभिन्न राष्ट्रका २ सय ९३ जनाको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् ।
प्रतियोगितामा निर्धारित दूरी ७ घन्टा २ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोश्रो र ७ घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेश्रो भएकि थिए । मुलुक भित्र आयोजना भएको दुई दर्जन भन्दा बढी प्रतियोगितामा उनले स्वर्ण लिइसकेपछी उनि अन्तर्राष्ट्रिय प्रतियोगितामा हान्निएकी हुन्, फ्रान्स र हन्कङ्गमा आयोजित बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय अल्ट्रा प्रतियोगितामा समेत आफ्नो उत्कृष्टता प्रस्तुत गरेर मुलकको नाम अग्रपंक्तिमा राखेकी थिइन् ।
हाल बालाजु काठमाडौंमा चर्चित धायिका मीरा राईसँगै तालीम लिईरहेकी सुनमाया धावक हरिबहादुर रोकाको चेली हुन् । सुनमाया खेलको साथै प्लस टु को पढाइलाई निरन्तरता दिनकै लागि काठमाडौ बसेकी हुन् ।
दैनिक व्यवस्थापन कसरी मिलाउनु भएको छ भन्ने प्रतिप्रश्नको उत्तरमा उनी भन्छिन्, "मीरा दिदीको साथमा छु अनि करातेंका गुरु ध्रुब बिक्रम मल्लको समर्थनले सहज भएकी छु ।" उनी भन्छिन् "मेहनतमा कम गरेकी छैन् सायद आउदा दिनमा देशलाई चिनाउने प्रयासमा छु ।"
सधैँ राजनीतिबाट प्रदान्डित खेलकुद परिषद र खेलकुद मन्त्रालयले यस्ता खाले प्रतिभाको बेखबर छन् । सधैँ घचघचाउनु पर्ने विडम्बना जब सम्म रोकिँदैन तब सम्म खेलकुदको विकास असम्भव जस्तै छ । यतिबेला राष्ट्रले गौरव गर्ने खेलाडीको जीवन र संघर्ष बेलैमा चिन्न सके खेल र खेलाडीको बिकासमा टेवा पुग्नेमा विश्वास गर्न सकिन्छ ।