काठमाडाैं, ३१ भदाै — हिमालय पर्वतारोहीहरुको लस्करमा अघिल्लो पंक्तिमा गाइड वा सरदार हुन्छ, उसैले गन्तव्यलाई समिटमा पुर्याउँछ ।
हिमाल चड्ने आरोहण दलमा काम गर्ने कामदार सँधै जोखिमपार गर्दै क्लाइम्बरलाई सेवा गर्नु उसको धर्म ठान्छन्, हजारौं पर्वतारोहीलाई उद्दार र सेवा गर्ने कामदारहरुको कारुणीक कहानी उस्तै हुन्छ, ज्यानको बाजी मारेर सगरमाथाको उच्चता नाप्नन कम साहसले पुग्दैन ।
यस्तै मिहिनेती र लगानशील व्यक्तित्वमा अग्रपंक्तिको नाम हो, गेसमान तामाङ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका २०४६ वैशाख ५ गते बुबा प्रतिब तामाङ र आमा सुकमाया तामाङ कोख बाट जन्मेका गेसमान हिमाल आरोहणको दुनियाँमा भर्पर्दो गाइडको रूपमा दर्ज भएको छ ।
सगरमाथाको शिखरमा सन् २०१६, सन् २०१७, सन् २०१८ मा लगातार आरोहण गर्न सफल गेसमानले स्वदेशको दर्जनौं हिमाल आरोहण गरिसकेका एक सफल व्यतित्व हुन् । अन्तर्राष्ट्रिय हिमालय आरोहण अन्तर्गत कीर्गिस्तानको लेनिन हिमाल आरोहण गरेपछि उनी अन्तर्राष्ट्रिय समिटको समेत अनुभवि भएका हुन् ।
यसै वर्ष गेसमानले शान्ति र महिला हिंसा विरुद्ध नारा सहितको ब्यानर सगरमाथाको चुचुरो फरफराए पछि उनको चर्चा चलेको थियो । गेसमान भन्छन् "बेसक्याम्प देखीनै लगभग वातावरणसँग तालमेल मिलाउनु पर्छ, क्याम्प ४ को हिलारी पहाडको चुनौती सधै च्याल्नेज हुन्छ" उनी अगाडि भन्छन् "धेरै आरोहीहरुलाई वातावरण प्रतिकुलताको बाबजुद पनि जिवित उधार गरेको थियो ।"
सामन्या शिक्षा लिएका उनले इमानदारीपुर्वक सेवा र सत्कारमा अगाडि राख्ने भएकाले युवा पदप्रदर्शक गेसमानको विदेशी आरोहीहरुको सधै रोजाइ पर्ने गर्दछ ।