काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोश्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
प्रकाश खड्गी र रमेशकुमार बखतीले उपाध्यक्ष, राजेश प्रजापतिले सचिव र उेमश नकर्मीले कोषाध्यक्षको जिम्मेवारी पाए । मदन गिरी, सरोज बाँस्कोटा, रामचन्द्र व्यञ्जनकार, दिनेशकुमार बाँडा, भास्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, रामकृष्ण श्रेष्ठ, काजल श्रेष्ठ, किशोर श्रेष्ठ र उषा गुरुङ सदस्यमा चयन भए ।
शुमनविक्रम पाण्डे, हरिहर ढुंगाना र अंशुकिरण शाही उपाध्यक्ष तथा श्याम तजले सदस्यमा मनोनित भए । किरण थापा, डा. रामहरि लामिछाने, दीपक मल्होत्रा र कुमार थापालाई सल्लाहकार समितिमा चयन गरिएको छ ।
नवनिर्वाचित पदाधाकारीलाई निर्वाचन अधिकृत अधिवक्ता प्रचण्डप्रकाश प्रधान नौलाले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि अधिवेशनको बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।
सो अवसर सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो ।